गभर्नर डॉ विश्वनाथ पौडेललाइ प्रश्न प्रभु बैङ्कले पहिलो त्रैमासिकमा देखाएको मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ सही हो कि गलत?

बैंक/वित्त

नेपाल राष्ट्र बैंक केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को संयुक्त टोलीले शुक्रवार प्रभु बैंकमा शुक्रबार संयुक्त रूपमा छापा मारेको थियो | हाल रास्ट्र बैंक सिबिआइका बैंकबाट ल्याइएको डकुमेन्टहरु अनुसन्धान गरि रहेका छन |

गत कात्तिक ११ गते मंगलबार आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका मुद्दामा प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन पक्राउ परेका थिए | प्रभु रेमिट्यान्स तथा सहकारी संस्थाको रकम प्रभु ग्रुपमार्फत दुरुपयोग गरिएको उजुरीका आधारमा उनि पक्राउ परेका हुन् |

प्रभु बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक हो | यो बैंक नेपाल रास्ट्र बैंकको पूर्ण रुपमा नियमन सुपरिवेक्षण अन्तर्गत रहदै नेपालमा बैंकिंग सेवा संचालन गर्दै आएको ब्यांक हो तर अहिले सोहि बैंकमा नेपाल राष्ट्र बैंक आफैले छपा मारेर बैंकबाट ल्याइएको डकुमेन्टहरु अनुसन्धान  गरि हेको | यस्तो अवस्थामा के नेपाल राष्ट्र बैंक माथि आफै नैतिक प्रश्न उठ्दैन

“श्रीमान गभर्नर डॉ विश्वनाथ पौडेलज्यु हालै प्रभु बैङ्कले पहिलो त्रैमासिकमा देखाएको मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ सही हो कि गलत? बैंकले पहिलो त्रैमासिक रिपोर्टमा देखाएको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६३.५५ रुपैयाँ सही हो कि गलत? बैंकले खराब कर्जा ५.७८ प्रतिशत पुगेको वित्तीय विवरणमा उल्लेख छ अब बैंकका लगानी कर्ता सेयर, होल्डर तथा बैंकका डिपोजिटरहरु ले यो तथ्याङ्कलाई कसरी विश्वास गर्ने ?”

प्रभु रेमिट्यान्स तथा सहकारी संस्थाको रकम प्रभु ग्रुपमार्फत दुरुपयोग पकरण कुनै नौलो प्रकरण होइन, बिगत दुइ चार बर्ष यता लगातार यो प्रकरण मिडियामा चर्चामा आइरहेकै विषय हो | इन्स्टाखबरले यस प्रकरणमा बिशेष खोजमुलक सामाग्री नै प्रकाशन गरिसकेको , वित्तिय जगतका थुप्रै स्टेकहोलडरहरु लाई यसको पूर्ण जानकारी | यसमा सबै भन्दा कम जानकार नेपालको वितिय नियामक निकाय नेपाल रास्ट्र बैंकमात्र रहेको आफैले अहिले छापा मार्न जानुले प्रमाणित हुन्छ |

पढ्नुस् होस इन्स्टाखबरले प्रकाशित गरेको प्रभु बैंक सम्बन्धी प्रकरणहरू :

“Prabhu Bank Raid Shock – सीआईबीको छापा, सीईओ गायब – प्रभु बैंकमा नयाँ संकट!”.

Extended Due Diligence – प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनमाथि अनुसन्धानको ‘म्याद रिन्यू’

ठगी प्रकरणः एमाले पूर्वसांसद एवं प्रभु ग्रुप अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

प्रभु बैंकमा डबल ट्रबल : एकैचोटि १४ संस्थापकहरुको गुड़बाई नमस्ते!

प्रभु OPM स्क्या’म : सांस’द, सिइओ र सिण्डिकेट, मनी, मसल & ड’र्टी पोलि’टिक्स !

अशोक शेरचनको कार्यकाल विवाद: अदालतको निर्णय र प्रभु बैंकको भविष्य

जनताको पैसामा प्रभु बैंकको लुट, लालपुर्जा बैंकमा, जग्गा हावामा, १ अर्ब भन्दा बढी मिलोमितोमा अपचलन !

यत्रो बर्ष सम्म प्रभु बैंकमा भएको मनोमानी तथा राजनैतिक दबाबमा मौलाउदै आएको बित्तिय अपराध कतै केन्द्रिय बैंककै संरक्षणमा हुदै आएको त होइन? कसरि नेपाल राष्ट्र बैंकको कसिलो नियमन र सुपरीवेक्षणको नाकको मुनि  प्रभु बैंकमा अर्बौँ अरबको यत्रो वित्तिय अपराध सम्भव भयो ? यसको उत्तर खोज्न इन्स्टाखबरका कार्यकारी सम्पादक लभेश प्याकुरेलले आइतबार गभर्नर डॉ विश्वनाथ पौडेल, वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तथा डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मोबाइल सम्पर्क गर्न खोज्दा तिनै पदाधिकारीहरूको मोबाइल लगातार बजी रह्यो तर उठेन मानो राष्ट्र बैंक यस विसयमा मौन रहन चाहन्छ |

यस्तै यस्तै प्रश्नहरूको उत्तर खोज्न  इन्स्टाखबरले आज गभर्नर डॉ विश्वनाथ पौडेल, वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तथा डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मोबाइल सम्पर्क गर्न खोजेको हो तर फोन उठेन | यी प्रश्नहरू इन्स्टाखबरको मात्र कदापि होइन यो हरेक नेपाली जन जानको प्रश्न हो – यसबाट रास्ट्र बैंक भाग्न पाउदैन, इन्स्टाखबरलाई गभर्नर तथा डेपुटी गभर्नरज्युहरु ले उत्तर दिनु होस् अथवा नदिनुहोस तर आफूलाई रेगुलेटर भन्ने हो भने नेपाल रास्ट्र बैंकले पत्रकार सम्मेलन नै गरेर – प्रत्येक नेपालीलाई अहिलेको घटना को सत्य तथ्य सहित देशको वित्तीय क्षेत्रको स्वास्थ्य अवस्था स्पष्ट पर्नु पर्ने हुन्छ |