“Prabhu Bank Raid Shock – सीआईबीको छापा, सीईओ गायब – प्रभु बैंकमा नयाँ संकट!”.

बैंक/वित्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार प्रभु बैंकमा छापा मारेको छ। नेपाल राष्ट्र बैंकका अधिकारीसहितको संयुक्त टोलीले उक्त छापा मारेको सीआईबीका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्।

सीआईबीले यसअघि कार्तिक ११ गते प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनलाई आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो। सोही प्रकरणको थप अनुसन्धानका क्रममा बैंकमा छापा मारिएको बताइएको छ। छापाबाट बैंकका फाइलहरू जफत गरिएका छन् र केही महत्वपूर्ण कागजातहरूको विस्तृत परीक्षण भइरहेको स्रोतले जनाएको छ।

छापा परेपछि केही समयमै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्पर्कविहीन बनेका छन्। शेरचनविरुद्ध नेपाल राष्ट्र बैंक र सीआईबीमा आर्थिक अनियमिततासम्बन्धी उजुरी दर्ता भएका छन्।