Extended Due Diligence – प्रभु बैंकका पूर्व अध्यक्ष भट्टचनमाथि अनुसन्धानको ‘म्याद रिन्यू’

बैंक/वित्त

काठमाडौं – प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनविरुद्धको अनुसन्धान थप लम्बिने भएको छ। आपराधिक विश्वासघात, आपराधिक लाभ (एक्सटर्सन) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका मुद्दामा पक्राउ परेका भट्टचनमाथि अझै केही हप्ता अनुसन्धान जारी रहने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले जनाएको छ।

कात्तिक ११ गते मंगलबार ललितपुरबाट पक्राउ परेका भट्टचन हालसम्म १० दिनभन्दा बढी हिरासतमा छन्। प्रारम्भमा ५ दिनको म्यादमा अनुसन्धान गरिएको थियो भने त्यसपछि पटक–पटक म्याद थप गर्दै प्रक्रिया अघि बढाइएको छ।

सीआईबी स्रोतका अनुसार भट्टचनसम्बन्धी अनुसन्धान पूरा हुन अझै २० देखि २५ दिन लाग्ने अनुमान गरिएको छ।