२०८३ कार्तिक ३

instakhabar
काठमाडौं । सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो । मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ ९३० ले निषेधित गरेको विषयवस्तुमा चलचित्र निर्माण भएको पाइएकाले सोही नियमानुसार सार्वजनिक प्रदर्शनको लागि अनुमति दिन नसकिने उल्लेख गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले केही दिनअघि यो फिल्मको जाँच गरिसकेको थियो । आकाश कौशिक निर्देशित यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा थियो । आयुष्मान खुराना र...

बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

instanewsdesk
काठमाडौं । हिन्दुहरुको महान पर्व दशैँको अष्टमी र नवमीका दिन देवीलाई खसीबोका, हाँस र परेवा चढाउने परम्परा/चलन पुरानै हो । मानिसहरुले आफ्‌नो मनोकामना पूरा भएपछि बलि दिने, त्यसको मासु प्रसादका रूपमा ग्रहण गर्ने र आफन्त तथा छरछिमेकमा बाँड्ने यो परम्परा पुस्तौँदेखि चल्दै आएको छ । एकातर्फ पशुबलिको विरोध हुँदै आए पनि अर्कातर्फ धार्मिक आस्था र विश्वाससँग जोडिएको यो अभ्यास अधिकांश ठाउँमा कायमै छ । यद्यपि, विरोधका कारण केही स्थानमा बलि दिने चलन घट्दै गएको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । तराई–मधेशमा दसैँ केवल पूजा–आराधनाको पर्व होइन, सामूहिक विश्वास र सामाजिक सम्बन्धको अवसर पनि हो । अष्टमीदेखि बलि दिने क्रम सुरु हुन्छ...

सुनकोशी सुमो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी जारी

instanewsdesk
रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका चार जनाको उपचार भइरहेको छ भने बेपत्ता भएका तीन जनाको खोजी जारी छ । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो गएराति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट झन्डै १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दुभेकी २१ वर्षीया युपना राई, १८ वर्षीया काब्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घर भई दिक्तेलमा बस्दै आएकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन् । उनीहरू दसैँ मनाउन घर जाँदै गरेका...

उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघ्यो

instanewsdesk
काठमाडौं । बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार हालसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका छन् । यो तथ्यांक घटस्थापनादेखि यताको हो । तर दशैंको महअष्टमीको दिन घर फर्कने यात्रुहरुको चाप निकै देखिएको पनि उनले जानकारी दिए । निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए । महाअष्टमीका दिन बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमशस् कम हुँदै गएको उनले बताए । उपत्यका छाड्को...

फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

instanewsdesk
एजेन्सी । बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। युरोपका विभिन्न भागमा बढ्दो महँगीविरुद्धको आन्दोलन चर्किरहेका बेला बेल्जियममा पनि तनाव उत्पन्न भएको युरोन्युजले जनाएको छ। युरोन्युजका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले पनि सुरक्षाकर्मीमाथि पानीका बोतललगायतका वस्तु प्रहार गरेको देखिएको थियो। बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले यस घटनालाई हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा भनेका छन् । क्विन्टिनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ब्रसेल्समा अहिले भइरहेको घटना अब सामान्य प्रदर्शन मात्र रहेन । यो हाम्रो समाजलाई अस्थिर बनाउन योजनाबद्ध रूपमा पटक–पटक गरिने विशुद्ध हिंसा हो। संघीय प्रहरीले स्थानीय प्रहरीलाई...

तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग

instanewsdesk
काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ । संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार तीन दिनमात्र होइन, नियमित संचालनका लागि माग राखेका छौं । ‘नेपालस्थित चिनिया दूताबासलाई ध्यानाकर्षण पत्र नै बुझाएर संचालनको माग राखेका छौं,’ उनले भने । नाका बन्द हुँदा चीनबाट सामान ल्याउन...

राजनीति

अर्थ

अन्तरास्ट्रिय

मनोरंजन

समाचार

स्वास्थ्य-शिक्षा

खेलकुद

रोचक