नेपालको बैंकिङ क्षेत्र गम्भीर संकटतर्फ उन्मुख देखिन्छ। बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय (खराब) कर्जा भयावह रूपमा बढिरहेको छ, तर बैंक व्यवस्थापनहरूले समस्या समाधान गर्नुको साटो मात्र नाफामुखी नीति अपनाइरहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निष्क्रिय कर्जा दुई खर्ब ६७ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ पुगेको छ, जुन कुल कर्जा प्रवाहको चार दशमलव ९२ प्रतिशत हो ।
यो वृद्धिदरलाई हेर्दा बैंकहरूको कर्जा व्यवस्थापन पूर्ण रूपमा असफल देखिन्छ । बैंकहरू व्यवसायीहरूसँग उच्च ब्याज असुल्न, कर्जामा विभिन्न सेवा शुल्क लाड्न, ग्राहकलाई थिचोमिचो गर्न त अगाडि छन्, तर जोखिमयुक्त कर्जा प्रवाहलाई नियन्त्रण गर्न भने पूर्ण रूपमा चुकेका छन् । बैंकहरूको यस्तो गैरजिम्मेवार गतिविधिले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने खतरा देखिन्छ । यसप्रति नियामक निकायले कडा कदम चाल्न ढिलो गर्नुहुँदैन ।
प्रभु बैंक भित्र मौलाएको बिकृति: १ अर्ब झ्वाम , एनपीए नबढे के बढ्छ ?
प्रभु बैंक भैरहवा शाखाबाट नेपालको बैंकिंग क्षेत्रमा मौलाउँदै गरेको प्रमाण फ़ेला परेको छ । विगतमा पटक-पटक गरी आनन्द ग्रुप, आनन्द इन्भेस्टमेन्ट, आनन्द एग्रो लगायत दर्जन भर कम्पनि तथा आनन्द पन्थी स्वयम् को नाममा गरि बैंकले करिब ६९ करोड कर्जा प्रवाह गरेको विशेष सुत्रबाट इन्स्टाखबरलाई जानकारी प्राप्त भएको छ । तर करिब ६९ करोड कर्जा प्राप्त गर्ने गर्ने आनन्द पन्थी तथा आनन्द ग्रुपले विगत तीन बर्ष देखि बैंकलाई सुको समेत बुझाएको छैन । अहिले आनन्द ग्रुपको इन्ट्रेस्ट आउट स्ट्यानडिंग मात्रै २१ करोड ५६ लाख माथि पुगिसकेको छ ।

प्रभु बैंक, आनन्द पन्थी, सीईओ अशोक शेरचन तथा प्रादेशिक उच्च राजनैतिक शक्तिको कमाल १ अर्ब स्क्याम
एकातर्फ १० बिगाहा जग्गाको अन्गेंस्टमा ६९ करोड कर्जा प्रवाह अर्को तर्फ तीन-तीन बर्षसम्म ऋण नतिर्दासम्म न कुनै कारवाही, न त नियामक निकाय अथवा सिआइबिमा रिपोर्टिंग !!! लेनदार पनि मस्तीमा देनदार पनि मस्तीमा !!! यस्तो ठुलो बैंकिंग स्क्याम एउटा ब्रान्च लेभलमा ब्रान्च मेनेजर अथवा ब्रान्चका कर्मचारीको लेभलबाट हुने कुनै कुरै भएन – याद रहोस् नेपालको ब्यन्किंग सिस्टम साह्रै नै सेन्टरलाइज्ड रहने गरेका छन्, साना कर्मचारीलाइ सिधै क्लिन चिट दिन सकिन्छ कमसेकम क्रेडिट फ्रडको विषयमा !!!
विशेष सुत्रबाट इन्स्टाखबरलाई प्राप्त जानकारी अनुसार विगतमा प्रभु बैंकका सीईओ अशोक शेरचन, ऋणी आनन्द पन्थी, तथा प्रादेशिक उच्च राजनैतिक शक्तिको आडमा यो १ अर्ब भन्दा बढीको स्क्याम डिजाइन भएको थियो । करीब १० बिगाहा जग्गा धितो मुल्यांकन गरिएको आनन्द ग्रुप लोनमा लालपुर्जा सक्कली, जग्गा नक्कली फर्मुलाको आधारमा, लालपुर्जा बैंकमा, जग्गा हावामा, १ अर्ब भन्दा बढी रकम काले काले मिलेर खाऊ भाले स्क्याम रचिएको थियो ।

प्रभु बैंक भित्र अनियमिताको कथा नेपालको बैकिंङ जगतमा नौलो होइन, लगातार यस्ता खबरहरुले नेपाली मिडियामा स्पेस पाउदै आएका छन् । अझ अहिले प्रभु बैंकका सीइओ अशोक शेरचन समेत भावी गभर्नरको उम्मेदवारको रुपमा चर्चा चलिरहेको अवस्थामा आफ्नो नाम जोडिएको १ अर्ब बढीको बैकिंङ फ्रडको समाचार बाहिर आउनु अवस्य पनि अशोक शेरचन लगायत बैंक आफ्नै लागि समेत हितकर देखिदैन ।

इन्स्टाखबर डटकमलाई हालसम्म प्राप्त सुचना तथा प्रमाणहरुको आधारमा यो प्रारम्भिक रिपोर्ट तयार पारिएको हो । आगामी दिन अझै विषय वस्तु सघन खोजि रिपोर्टिंगको माध्यमबाट यस “जनताको पैसामा प्रभु बैंकको लुट, लाल पुर्जा बैंकमा, जग्गा हावामा, १ अर्ब भन्दा बढी मिलोमितोमा अपचलन!” शृंखलाको बिभिन्न आयामबाट विस्तृत रिपोर्टिंग जारी नै रहने छ ।
