काठमाडौं । प्रभु बैंकमा एकाएक ठूलो हलचल देखिएको छ । बैंकका १४ जना संस्थापक सेयरधनी एकैपटक बाहिरिने भएका छन् । उनीहरूले आफनो स्वामित्वमा रहेका सेयर बिक्रीमा राख्दै बैंकसँगको संस्थापक हैसियतबाट बिदा लिन लागेका हुन् ।
बैंकका अनुसार, राजकुमार पोखरेलले सबैभन्दा धेरै ९९ हजार ८१९ कित्ता सेयर बिक्रीमा राखेका छन् । साथै, अन्य सेयरधनीहरूमध्ये कर्ण प्रसाद देवभण्डारीले १६ हजार २४७, सरस्वती सुव्वा देवानले ३९ हजार ९५८, शमा श्रेष्ठले १० हजार ८२७, राजेन्द्र मान सिंह वस्नेतले १६ हजार २४३, ऋषिराम शर्माले २४ हजार र सम्यक उदासले ५५ हजार ७१६ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
यी सेयर खरिद गर्न चाहने व्यक्ति वा संस्थाले आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यसैगरी, दोस्रो सूचीका संस्थापक सेयरधनीहरूले पनि आफ्नो स्वामित्व बिक्रीमा राखेका छन् । केशर बहादुर रावलले ५ हजार ९६४, नारायण निधि लोहनीले ८ हजार ३३१, कमान सिंह खड्काले १२ हजार १२२, विवेक अग्रवालले ९ हजार ८८२, बलराम चपाईले ३ हजार ५०७, बिष्णु लाल श्रेष्ठले १० हजार ८३० र उत्तम लाल मल्लले १८ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
यी सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले भने ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
एकैपटक १४ संस्थापकको बहिर्गमनले बैंकको आन्तरिक समीकरणमा परिवर्तन आउने देखिएको छ । अब नयाँ सेयरधनीहरूको प्रवेशसँगै बैंकको भविष्य कस्तो मोड लिन्छ भन्ने चासो बढेको छ ।
