प्रभु OPM स्क्या’म : सांस’द, सिइओ र सिण्डिकेट, मनी, मसल & ड’र्टी पोलि’टिक्स !

अर्थ आर्थिक बैंक/वित्त

के तपाईहरूलाई छोटो समयमा अकुत सम्पति कमाउने आइडिया थाहा छ ?

सिम्पल छ, कुनै पनि एउटा कम्पनी खोल्ने, अनि सर्वसाधारणलाइ मुर्ख बनाउँदै ‘ओपिएम’ संकलन गर्ने, अन्धाधुन्द कारोबार देखाउने र कम्पनी बन्द गर्ने …..
कम्पनीहरुको लेयारिंग गर्दै कृतिम तरिकाले सेयर मूल्य वृद्धि गर्दै जाने र मिलोमितोको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुलाई मुर्गा बनाउँदै जनताको पैसामा मनी, मसल र डर्टी पोलि’टिक्सको सक्सेस्फुल धन्दा …..

के हो यो OPM भनेको : Others People’s Money ……

नेपालमा OPM उठाउने शर्टकट रुट BFI’s & Remittance !!!

एमाले सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन तथा प्रभु बैंकका सिइओ अशोक शेरचनद्धारा सहकारीको एक अर्ब OPM SCAM

बिगेस्ट ब्रह्मलुट विथ सबुत प्रमाण

पाठकवृन्दहरूलाई इन्स्टाखबर एकपटक फ्ल्याश ब्याकमा लैजान अनुमति चाहन्छ, सन २००४ अघि हजुरहरुले प्रभु मनी ट्रान्सफरको अफिस देख्नु भएको थियो ? हाल अर्बौँको रेमिट्यान्स नेपाल भित्र्याउने बिगसट कम्पनी प्रभु मनी ट्रान्सफरको त्यति बेलाको अवस्था हालको जस्तो थिएन । काठमाडौँको घण्टाघर वर पर २-३ वटा कोठा भाडामा लिएर यो कम्पनी जेनतेन चलिरहेको थियो । पर्यटन व्यवसायको आफ्नो अनुभवको आधारमा प्रभु ग्रुपका वर्तमान अध्यक्ष तथा एमाले सांसद देवी भट्टचनले यसलाई हाँकीरहेका थिए ।

सन २००४ मा देबी भट्टचनको भेट हुन्छ तत्कालीन इन्टरनेसल एभिएसन बिजनेसमा अनुभवी कुसुम लामा सँग र यहाँबाट सुरु हुन्छ – एउटा कम्पनीको उडानको कथा । मुनाफाको लागि साम, दाम दण्ड र भेद, बिजनेसमा आफ्नो पकडको लागि दोस्ती र गद्दारीको नन स्टप ड्रामा जुन आजसम्म जारी नै छ । जसको मारमा परेका छन् देशका ४००० भन्दा बढी सहकारी संस्था र तिनले जम्मा गरेको ३ लाख न्यूनतम धरौटी र साथै कारोबारको सिलसिलामा भएको रिसिभेबल रकम, विगत १ बर्ष भन्दा लामो समय देखिन देश भरिका ४००० भन्दा बढी सहकारी संस्थाहरू हिस्स बूढी खिस्स दाँत जस्तै भएर बस्न बाध्य भएका छन ।

मेकिङ्ग अफ देवी डाइनेसटी

देवीप्रकाश भट्टचनको व्यवसायिक यात्रा वि.सं. २०४७ मा प्रभु ट्राभल्स स्थापना गर्दै सुरु भयो । विदेशिने नेपालीहरूको संख्यामा वृद्धिसँगै उनले वि.सं. २०५८ मा प्रभु मनी ट्रान्सफर मार्फत रेमिट्यान्स कारोबारमा पाइला टेके । जनआन्दोलनपछि वैदेशिक रोजगारले गति लिएपछि उनको व्यापार झनै फस्टायो र उनले प्रभु क्यापिटल खोले । वि.सं. २०६६ मा सबै व्यवसायलाई एउटै ब्रान्ड अन्तर्गत राख्दै प्रभु ग्रुप गठन गरियो, र त्यही साल डिस होमको लाइसेन्ससमेत लिए । वि.सं. २०६९ मा तीन जना साझेदारसँग मिलेर खोलिएको प्रभु म्यानेजमेन्ट कम्पनीमार्फत रेमिट्यान्स प्रणालीमा नयाँ तह निर्माण गरियो, जसले कमिसन र सदस्यता शुल्कको माध्यमबाट ठूलो आर्थिक लाभ लिन सक्ने मोडल तयार गर्‍यो । यद्यपि, समयसँगै भट्टचनमाथि सहकारीको पैसा संकलन गर्न राष्ट्र बैंकसम्म प्रभाव पुर्‍याएको भन्ने गम्भीर आरोपहरू समेत लागे ।

प्रभु म्यानेजमेन्ट कम्पनीमा तत्कालिन अवस्थामा ४ संचालकहरुको लगानी यस प्रकार रहेको थियो ।

प्रभु म्यानेजमेन्ट कम्पनीको तत्कालिन सेयर संरचना

• देवीप्रकाश भट्टचन – ५० लाख (५० हजार कित्ता)
• दिलीप थकाली – २० लाख (२० हजार कित्ता)
• कुसुम लामा – २० लाख (२० हजार कित्ता)
• दक्ष पौडेल ‘शुभाष’ – १० लाख (१० हजार कित्ता)

हाल भने प्रभु म्यानेजमेन्ट कम्पनीको सम्पूर्ण सेयर कुसुम लामाको नाममा रहेको छ, कम्पनी निस्कृय रहेको छ भने, कुसुम लामा कहिले अदालत, कहिले प्रहरी कहिले संसद भवन अनि केन्द्रिय बैंकमा देवीप्रकाश भट्टचनले कम्पनी र उनीमाथि गरेको धोखाधडीको उजूरी गर्दै बसेकी छिन् ।

इन्ट्रेस्ट बिहाइन्ड प्रभु म्यानेजमेन्ट

यो कम्पनी खोल्ने मुख्य कारण भनेको, रेमिट्यान्स कारोबारलाई छुट्टै तहमा लैजाने र ठूलै कमाइ गर्ने रणनीति थियो।
• एजेन्टले हरेक कारोबारमा निश्चित कमिसन पाउँथे।
• नयाँ एजेन्ट बनाउँदा २-३ लाख रुपैयाँ धरौटी उठाउन पाइने
• सबै रकम धेरै वर्षसम्म निर्ब्याज चलाउन सकिने

अब शुरु हुन्छ कहानीमा Twist : दोस्ती देखि गद्दारी सम्मको नन स्टप ड्रामा

प्रभु मेनेजमेन्ट स्थापनाको छोटो समयमै यसले निकै ठुलो सफलता हासिल गर्न सक्यो, कुसुम लामाको सटिक व्यवस्थापन , प्रभु ग्रुपका अन्य डिजिटल पार्टनर, बैंक, इन्स्योरेन्स लगायतको स्ट्रेन्थ र थप विशेष देवीप्रकाश भट्टचनको राजनैतिक पहुँच र आर्थिक चलखेल । प्रभु मनी ट्रान्सफरको सुपर एजेन्टको रुपमा काम गर्ने उद्देश्यले खोलिएको प्रभु मेनेजमेन्ट अब आफै एग्रेसिभ इन्भेस्टीङ्ग कम्पनिको रुपमा फैलिन थाल्यो । कुनै समय प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामा प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा समेत नियुक्त भएकी थिइन् । २०७४ बैशाख २० गते बसेको संचालक समितिको बैठकले लामालाई कम्पनीको संचालक समितिको अध्यक्ष चयन गरेको थियो ।

छोटो समयमा निक्कै ठुलो सफलता हासिल गर्न सफल प्रभु मेनेजमेन्टको संचालकहरु बीच फाटो सिर्जना हुन थाल्यो, जति-जति व्यापार फस्टाउँदै गयो, उति-उति विवाद पनि आउन थाल्यो । कम्पनीको कागजमा जे-जस्ता प्राबधान र पावर डिभाइड गरिएको भएता पनि नियन्त्रणको बागडोर भने सधैं भट्टचनकै हातमा रहेको थियो । यहाँ बात सुरु हुन्छ देवीप्रकाश भट्टचनको मनी, मसल र डर्टी पोलिटिक्सको गेम अफ थ्रोन ।

प्रभु मेनेजमेन्टको डाउनफलको कथा:

प्रभु रेमिट्यान्सका लागि सुपर एजेन्टको रुपमा काम गर्ने गरी स्थापना भएको प्रभु मेनेजमेन्टको २०८० साल सम्म २५ करोड, ६७ लाख ८३ हजार २९१ रुपैया बराबरको करिब ११ भन्दा बढी कम्पनीहरुमा लगानी रहेको थियो । क्रेडिट इन्फरमेसन सेंटर, इलेक्ट्रोनिक पेमेंट सिस्टम, प्रभु टेक्नोलोजी, स्मार्ट चोइस देखि प्रभु इन्सुरेन्स सम्ममा प्रभु मेनेजमेन्टको लगानी रहेको थियो । यसै गरी २०८० साल सम्म प्रभु मेनेजमेन्टको टोटल रिसिभेबल रकम १ अर्ब २२ करोड भन्दा अधिक पुगिसकेको थियो , डिटेल फोटोमा रखिएको छ ।

यसै गरी प्रभु मेनेजमेन्टको तत्कालिन अवस्थामा कुमारी बैंक, हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र आफ्नै सिस्टर कन्सर्न प्रभु बैंकमा ७१ करोड ६० लाख भन्दा बढी लोन आउट स्ट्यान्डीङ्ग रहेको देखिन्छ, हेर्नुहोस् डिटेल फोटोमा राखिएको छ ।

अब यस्तो रिसिभेबल, पेयेबलको खाडलमा परेको कम्पनि आफतमा नपरे के पर्छ त, त्यस माथि कुनै समय दुर्गा दाहिना भए जस्तो देवीप्रकाश भट्टचन आफै देब्रे किनारामा सरेपछि कुसुम लामाको के नै जोर चल्ने भयो ?

एकातिर हिजोसम्म सुपर फेभरेबल प्रभु बैंक अब कुसुम र प्रभु मेनेजमेन्टको लागि मिसन इम्पोसिबल भइहाल्यो, अर्कोतर्फ रिसिभेबल, पेयेबल सबै एजेन्टहरुको होल्ड गरिएको पैसो थियो – अब ४००० हजार भन्दा बढी सहकारीहरुले एकातिर ट्रानजेक्स्न रोके अर्कोतर्फ आफ्नो पैसा फिर्ता लिन दबाब बढाउन थाले ।

एजेन्ट तथा देशैभरिका सहकारीहरुले पैसा फिर्ता गर्न दवाब दिन थालेपछि, प्रभु म्यन्जेमेंटका लेखा अधिकृत हेम महाजुले २०८१, श्रावन महिनाको आसपास मा सहकारीहरुलाई एउटा अचम्मको पत्र लेखे जसमा भनिएको थियो कम्पनीको सबै रकम प्रभु रेमिट्यान्सका देवीप्रकाश भट्टचनले अपचलन गरेको तथा उनीबाट रकम फिर्ता प्राप्त हुने बित्तिकै सबै सहकारीहरुको रकम फिर्ता गरिने उल्लेख गरिएको छ । इन्स्टाखबरले देशै भरिका प्रभु म्यानेजमेन्ट पिडित विभिन्न सहकारीहरुसँग कुरा गर्दा, सबैले आजसम्म रकम असुल उपर हुन नसकेको बताएका छन् ।अधिकांश सहकारीहरुले इन्स्टाखबरसँग गोपनियता कायम गरिदिन अनुरोध गरेका थिए, उनीहरुको भनाइ थियो एक त आज भोलि त्यसै सहकारी संस्थाहरु बदनाम छन् अझ यस्तो अवस्थामा हाम्रो नाम सार्वजनिक हुँदा हाम्रा सदस्यहरुमा नकारात्मक संदेश जाने उनीहरुको तर्क थियो, तर यस्तै अवस्था रहे अब निकट भविष्यमा नै कानुनी उपचार तर्फ जान आफूहरु बाध्य हुने समेत सहकारीहरुको दुखेसो रहेको छ ।

हेर्नुहोस् पत्र, सहकारीको नाम गोपनियता लागि ब्लर गरिएको छ ….

एकातिर सहकरीहरुको रकम फिर्ता गर्ने दबाव चलिरहँदा देवीप्रकाश भट्टचन भने प्रभु मेनेजमेन्टको अन्तिम दाह संस्कार गर्ने तर्फ लागेका थिए । उनले समयानुकुल सबैको पैसा फिर्ता दिने आस्वासन दिदै बरु उल्टो कर्मचारीहरुलाई कम्पनीको सेयर हस्तान्तरण गरिदिने प्रपन्च रचे – यसरि तयार भयो ग्रयाण्ड डिजाइन भोलि वित्तीय कसुरमा जेल जानु परे जेल जाने भए प्रभु मेनेजमेन्टका कर्मचारी । एमाले सांसद देवीप्रकाश भट्टचन भने आरामले सांसदमा गएर जनताको हक अधिकारको लागि अवाज बुलन्द गरि रहने । यसैबीच, परिस्थितिले यस्तो मोड लियो कि संस्थाका दुई प्रमुख पात्र – देवी भट्टचन र कुसुम लामा -अदालत र प्रहरी कार्यालय धाउँन थाले । भट्टचनले लामा, सञ्चालक समिति र सहायक लेखापालविरुद्ध २०८१ साउन १८ गते काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा हाल्दै न्याय खोजे ।

तर, लामा पनि चुप बसिनन् । उनले भट्टचनले कम्पनीको पैसा नदिएको भन्दै प्रहरीमा जाहेरी दिन गइन् । तर प्रहरी कार्यालयले जाहेरी लिन अस्वीकार गरेपछि उनी सरकारी वकिल कार्यालयसम्म पुगेकी हुन् ।

सरकारी वकिल कार्यालयले दशैं अघि – २०८१ असोज ११ गते – जिल्ला प्रहरी परिसरलाई पत्र लेख्दै लामाले दिएको ठगीसम्बन्धी जाहेरी, निवेदन, नागरिकता लगायतका कागजातसहित अनुसन्धान अघि बढाउन निर्देशन दियो ।

अर्कोतर्फ सहकारीहरुले समेत प्रभु म्यानेजमेन्टको खाता रोक्का गर्न कानूनी कदम चाल्न थाले ।

तर हालसम्म यो केसमा माखो समेत मरेको छैन, कुसुम लामा इन्स्टाखबर सँगको कुराकानीमा भन्छिन् : ” मनी, मसल र डर्टी पोलिटिक्सको पावर प्रयोग गरेर देवीप्रकाश भट्टचनले संसद, प्रहरी लगायत नियामक निकाय सबैलाई निस्तेज बनाइदिए ।”

प्रभु म्यानेजमेन्टको रकमको दुरुपयोगको मास्टर माइन्ड भट्टचन र शेरचन : कुसुम लामा

बैंकहरुमा तपाइहरुको यत्रो ऋण कसरी थुप्रियो , जनताको पैसा कता लुकाउनु भएको छ भन्ने प्रश्नामा लामा भन्छिन- ” बैंकले दाबी गरेको उक्त ऋण यस प्रभु मेनेजमेन्टले कहिंकतै उपयोग गरेको छैन । तसर्थ, यस कम्पनीका पूर्व सञ्चालकहरु तथा बैंकका पूर्व सञ्चालकहरु, हालका सिइओ लगायतको मिलेमतोमा जबर्जस्ती ऋण देखाई, असुली गर्न खोज्ने गलत नियत बारम्बार देखिन्छ । कर्जा प्रवहदेखि त्यसको दुरुपयोग तथा असुली प्रक्रिया लगायतका सम्पूर्ण कुरामा स्वयम बैंक, बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचन, सिइओ अशोक शेरचन, डिसिइओ लगायतले बैंकिङ कसुर गरेको सजिलै बुझन सकिन्छ ।

एक प्रतिष्ठित व्यवशायी तथा देशको सांसद तथा अर्को नेपालको ‘क’ वर्गको बैंकका सीइओ तथा हाल नेपाल राष्ट्र बैंकमा गभर्नर जस्तो गरिमामय पदको दावेदार व्यक्तिहरु उपर तपाई कसरी यस्तो संगिन आरोप लगाउन सक्नु हुन्छ? के प्रमाण छ तपाई संग भन्ने इन्स्टाखबरको प्रश्नमा लामा भन्छिन – “देवी प्रकाश भट्टचन बैंकको अध्यक्ष भएको बखतमा सिइओ अशोक शेरचनले एडभान्स स्वरुप रकम प्रभु मेनेजमेन्टमा राखिदिने गरेको र सो रकम देवी प्रकाश भट्टचनकै अगुवाईमा विभिन्न संस्थाहरुमा लगानी देखाई फिर्ता लैजाने गर्दागर्दै कूल २७ करोड पुगेपछि सिइओ अशोक शेरचन तथा डिसिइओ मणिराम पोखरेलले राष्ट्र बैंकको सुपरिवेक्षणले उक्त रकम कैफियत जनाएको र उक्त रकम फर्छौट नगरे बैंकलाई राष्ट्र बैंकले कारवाही गर्न सक्ने हुनाले अहिले ऋणमा देखाएर मिलाउने काम गरौँ तर उक्त रकम प्रभु मेनेजमेन्टको दायित्व हैन र हुनेपनि छैन, हामी अध्यक्ष देवी प्रकाश भट्टचनबाट नै उठाउछौँ भनि ऋणमा देखाएको थियो । तर भनेअनुसार बैंकबाट काम नभई प्रभु पे लाई प्रभु बैंकले नै अक्वाएर गर्ने हो त्यही बेला यो ऋणको हिसाब पनि मिलाउला भन्दै अनेकौ जालझेल गर्दै दवाब दिदै पछि प्रभु मेनेजमेन्टको नाममा रहेको प्रभु इन्स्योरेन्सको प्रोमोटर शेयरहरु बैंकले खरीद गरेको र उक्त खरिदबाट ऋण फर्छ्यौट हुनुपर्ने थियो, त्यसैले हामीले बैंकसँग स्टेटमेन्ट थुप्रै पटक माग्दा पनि हालसम्म उपलब्ध भएको छैन ।

बैंकले जवरजस्ती देवी प्रकाश भट्टचन, बैंकको अध्यक्ष भएको बखतमा सिइओ अशोक शेरचनले बिजनेस नहुँदा पनि एडभान्स राखिदिने गरेको र सो रकम राम जानकी हेल्थ फाउण्डेशन, नेपाली सिपिङ्ग, प्रभु टि.भी र लाजिम्पाट अर्पाटमेन्ट जस्ता कम्पनीहरुमा बैंकका अध्यक्ष र सिइओले आफू खुशी लगानी गराउने गरेकोले यो ऋण हालको शेयरहोल्डरले तिर्न नसक्ने र उक्त ऋण देवी प्रकाश भट्टचन, सिइओ अशोक शेरचन र बैंकको म्यानेजमेन्टले नै व्यहोर्नु पर्ने कुसुम लामा तर्क गर्छिन ।

प्रभु म्यानेजमेन्टको आवरणमा देशैभरीका सहकरी तथा जनताको अर्बैको पैसा माथि भएको ब्रम्हलुटको सत्य तथ्य बुझ्ने क्रममा इन्स्टाखबरले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल सँग प्रश्न गर्दा नेपाल भन्छन् , प्रभु म्यानेजमेन्ट नेपाल राष्ट्र बैंकले अनुगम गर्नु पर्ने कम्पनी होइन, नेपाल राष्ट्र बैंक सँग अनुमति प्राप्त कम्पनीको मात्र नेपाल राष्ट्र बैंकले अनुगमन, सुपरिवेक्षण र आवस्यक परे बिभिन्न कारवाही गर्ने हो । प्रभु म्यानेजमेन्टको सरोकारवालहरुले आफ्नो समस्या आपसी साझदारीमा अथवा कानुनी उपचार मार्फत समाधान खोज्नुपर्ने कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल बताउदछन् । एक अर्थमा जुन सहि पनि हो ।

तर कथामा अझै थुप्रै मोडहरु बाँकि नै छन् , सुपर एजेन्ट प्रभु म्यानेजमेन्ट बन्द भइसके पछि त यसो हेर्दा प्रभु मनी ट्रान्सफर समेत धरासयी हुनुपर्ने हो तर प्रभु मनी अझै पनि प्रभुकै इच्छामा अर्बै रेमिट्यान्स देशमा भित्र्याउदै देशको अर्थतन्त्र मजबुत बनाउने क्रममा लगिपरेकै छ । प्रभु म्यानेजमेन्ट निस्क्रिय हुँदा, प्रभु मनी ट्रान्सफरले प्रभु पेमेन्ट प्रा लि लाइ सुपर एजेन्टको रुपमा खडा गरी कारोवार संचालन गरिसकेको छ । अब मर्कामा भने देश भरिका ४००० भन्दा बढी सहकारी, र प्रभु म्यानेजमेन्टलाई ऋण दिने बैंकहरु मात्रै हेरेको हेर्यै हुने अवस्था अहिलेको तितो यथार्थ हो ।

गत चैत्र ११ गते प्रभु म्यानेजमेन्टले पुर्व गभर्नर महाप्रसाद अधिकारी, लगायत हाल कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्रलाई कम्पनी माथि नियोजित षडयन्त्र भएको जाहेरी चढाएको थियो र कारवाही गरि सहकारीको रकम फिर्ता गर्न गुहार लगाएको थियो, हेर्नुहोस् पत्र….

यसै गरी प्रभु म्यानेजमेन्टले संसदको सार्वजनिक लेखा समिति, अर्थ समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिमा गत चैत्र ११ गते निवेदन जाहेरी दिएको थियो ।

तर अहिलेसम्म अरबौ रुपियाँको चलखेल देखिएको नेपालको बिगेस्ट ब्रह्मलुट – करपोरेट फ़्रडमा किन नो वन इज इन्ट्रेस्टेड??? कथामा थुप्रै Twist and Turn बाँकि नै छन् – जनताको पैसामा मनी, मसल र डर्टी पोलिटिक्सको सक्सेस्फुल धन्दा…..एमाले साम्सद देवी भट्टचन तथा प्रभु बैंकका सिइओ अशोक शेरचन द्धारा सहकारीको एक अर्ब OPM स्क्याम

 

जनताको पैसामा प्रभु बैंकको लुट, लालपुर्जा बैंकमा, जग्गा हावामा, १ अर्ब भन्दा बढी मिलोमितोमा अपचलन !

अशोक शेरचनको कार्यकाल विवाद: अदालतको निर्णय र प्रभु बैंकको भविष्य