विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ स्कुलमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक संस्कारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ।
विद्यार्थीलाई नेपाली चाडपर्वको महत्त्व, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए।
यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सम्मान, अपनत्व तथा संरक्षणको भावना विकास गर्ने विश्वास विद्यालयले लिएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक, नैतिक तथा सांस्कृतिक शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन्।
नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नु विद्यालयको पनि दायित्व भएको उनको भनाइ छ।



