
अहिले बैंकहरु मा Non Perfoming Loan NPL को मात्रामा अत्याधिक वृद्धि भएको साथै आब ७६/७७ सालमा रहेको ९१ अर्ब १६ करोडमा सीमित NPL ५ वर्ष भित्र २२४.४३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था (LLP) वृद्धि भएर २९५ अर्ब ६७ करोड पुगेको र यससँग जोडिएको रिस्क सम्बन्धी इन्स्टाखबरले प्रस्तुत गरेको तथ्याङ्क र योसंग जोडिएको रिस्क तथा समाधानका उपायहरूको चर्चा गर्दा हामीले थुप्रै पक्षहरूबाट यसको विश्लेषण गर्नुपर्ने हुन्छ | डाटा मात्र हेरेर पनि हुदैन, रेसनलहरु केलाउन सक्नुपर्छ, यसै सन्दर्भमा मेरो बिचारमा रिस्कको एङ्गलबाट हेर्ने हो भने प्रोभिजन भनेको, बैंकले यसलाई प्रोभिजनिंग गरिसक्यो| आजको दिनको बैंकहरुका जुन ब्यालेन्स सीट प्रस्तुत गरिएका छन् ती आफ्टर प्रोभिजन हो | यसरी हेर्नै हो भने अहिले सम्म त नेपालको बैकिंङ्ग क्षेत्रले प्रस्तुत तथ्याङ्कले देखाएको रिस्कलाई म्यानेज गरिसक्यो |


बैंकहरुले यो शक एब्जर्ब गरिसके तर यदि अर्थतन्त्रको सुस्तता अहिले जस्तै कायमै रहने हो भने यो ट्रेन्ड कायम रहिरहने र खराब कर्जा वृद्धि हुँदै जाने हो भने अब यसले बैंकमा स्ट्रेस पैदा गर्छ, बैंकको क्यापिटल एडीक्वेसिमा, लोन दिन सक्ने क्षमतामा यसले थप स्ट्रेस पैदा गर्दै जान्छ | NPL बढ्नु भनेको रिस्की हो भनेर बुझ्नु हुँदैन | हामीले, सहकारीहरूमा हेरौँ त्यहाँ प्रोभिजनिंग नै हुदैन त्यो चै रिस्की हो, यो प्रस्तुत तथ्याङ्ककै आधारमा बैंकहरुले आफ्नो नाफा र पुँजीबाट करिब २९५.६७ अर्ब लोन प्रोभिजनिंग गरिसक्यो , बैंकले यसलाई म्यानेज गरिसकेको छ, शक एब्जर्ब गरिसकेको छ भनेर हामीले बुझ्नु पर्ने हुन्छ |
देश भित्र खराब ऋण यस्तो क्रम र मात्रमा पैदा हुनु यो भनेको अर्थतन्त्रको अर्को पाटोको समस्या हो | बैंकहरुले यो शक एब्जर्ब गरिसके तर यदि अर्थतन्त्रको सुस्तता अहिले जस्तै कायमै रहने हो भने यो ट्रेन्ड कायम रहिरहने र खराब कर्जा वृद्धि हुँदै जाने हो भने अब यसले बैंकमा स्ट्रेस पैदा गर्छ, बैंकको क्यापिटल एडीक्वेसिमा, लोन दिन सक्ने क्षमतामा यसले थप स्ट्रेस पैदा गर्दै जान्छ |
पछिल्लो दिनहरूमा NPL को मात्रामा वृद्धि हुँदै जाने क्रमले यसले अर्थतन्त्रको हेल्थको अवस्था बताउछ | NPL यसरी बढ्नु, ऋणीहरू डिफल्टर हुँदै जानु भनेको एउटा अर्थतन्त्रको स्वास्थ्य ठिक छैन भन्ने हो, तर यसै क्रममा राष्ट्र बैंकले केही सुधारात्मक कदमहरू समेत चालेको छ, जस्तै वर्किङ्ग क्यापिटल गाइडलाइन | वर्किङ्ग क्यापिटल गाइडलाइनले हिजोका दिनमा सजिलै लोन डाइभर्ट गर्दै कहिले जग्गामा, कहिले सेयरमा हालेर त्यसको समेत बेनिफिट लिऔं भनेर लोनलाई चलाउने हाम्रो प्रवृति, जुन फेरी कुनै खराब उद्देश्यले भन्दा पनि मौका पाएको समयमा यसको युटिलाइज गर्न खोज्ने सामान्य मानवीय प्रवृत्तिले हुने कार्यहरू नै हुन्, वर्किङ्ग क्यापिटल गाइडलाइनको कारण सो अब गर्न नपाइने अवस्था आयो, ऋण तिर्नु पर्ने अवस्था निर्माण भयो | वर्किङ्ग क्यापिटल गाइडलाइनले सिम्प्ली भनेको कुरा हो, तपाइले चाहिने भन्दा बढी लोन लिनु भएको छ भने त्यो फिर्ता गर्नुहोस् | वर्किङ्ग क्यापिटल गाइडलाइन जस्तो सुधारात्मक कदमले समेत बजारमा स्ट्रेस पैदा भएको हो | अहिलेको अवस्था भनेको इकोनोमिक स्लोडाउन र राष्ट्र बैंकले चालेको करेक्सन स्टेप्सको कम्बाइन इफेक्ट हामिले अहिले देखिरहेको हो |
४ प्रतिशत को GDP ग्रोथ हुँदा ७ प्रतिशत क्रेडिट ग्रोथ हुनु के एउटा प्याराडक्स हो भन्ने तर्कमा मेरो धारणा केही भिन्न छ | ४% को GDP ग्रोथ हासिल गर्नको लागि १२ / १५ % को क्रेडिट ग्रोथ चाहिन्छ, ७ % ले पुग्दैन | अहिलेको अवस्थामा यसलाई त्यसरी हेर्न मिल्दैन GDP संग तुलना गरेर क्रेडिट ग्रोथ बढी भयो भन्न मिल्दैन्, बरु अहिले सरकारले लिएको ६ प्रतिशत को GDP ग्रोथको बजेटमा टार्गेट लिएको छ त्यसको लागि १५/२० % अर्थात थ्री टाइम्स बढीको लोन ग्रोथ चाहिन्छ | तर त्यो लोन ग्रोथ कता बाट आउँछ, र कता जान्छ वा जानेछ त्यसमा भने हामी विशेष चनाखो हुनु पर्छ |

बैंकिंग जगत अहिले किन मौद्रिक नीतिको माध्यमबाट र पोलिसी रिल्याक्सेसनको सर्ट टर्म सोलुसन खोजिरहेको छ, किन मिडियम टर्म र लंग टर्म सोलुसनको माग भइरहेको छैन भन्दा जब समस्या आइहाल्छ, अहिले बैंकिंग क्षेत्रमा प्राथमिक समस्या आइसकेको छ, यस्तो अवस्थामा पहिला त्यसको प्राथमिक उपचार गर्नुपर्छ र त्यसपछि मात्र त्यसको कज पहिचान गर्दै समाधान खोज्ने हो | जसरी कुनै मान्छे घाइते हुँदा पहिला ब्लीडिंगरोक्ने र त्यसपछि मात्रै सघन उपचार गरिन्छ, बैंकिंग सिस्टममा पनि त्यस्तै हुन्छ |

प्राइमरी ट्रीटमेन्ट पनि निकै महत्वपूर्ण हुन्छ- अहिले हामीले कर्जा पुनरतालिकीकरण, वर्किङ्ग क्यापिटल गाइडलाइनमा जुन फ्लेक्सिबिलिटी राष्ट्र बैंकबाट आएको छ, यो टेम्परारी सोलुसन हो तर अहिले हामीले यो प्राथमिक उपचार नगर्ने हो भने त्यो ब्लीडिंग भएर पेसेन्टको मृत्यु हुने जस्तै बैंकिंग सिस्टम समेत धराशायी हुनसक्छ | यो वास्तविक समाधान होइन सबैलाई थाहा छ, तर आज ऋणीलाई जोगाउन समेत उतिनै जरुरी छ, जति बैंकहरुलाई बनाउनु जरुरी छ | “ऋणी – बैंक – अर्थतन्त्र ” यी तीन सँगसँगै अपठ्यारोमा परेका छन् | बैंकले ऋणीलाई अपठ्यारोमा पार्नु भएन, ऋणीले बैंकलाई अपठ्यारोमा पार्नु भएन र सकारले बैंक र ऋणी दुईको मात्र समस्या हो भनेर बुझ्नु हुदैन “ऋणी – बैंक – सरकार” हामी तीन कै यो संयुक्त समस्या हो | हामी सबै एउटै अर्थतन्त्रको डुङ्गामा सँगै बसेका छौ, त्यसकारण प्राथमिक उपचार हुनैपर्छ |

इन्भेस्टर पोइन्ट अफ भिउबाट अब नेपालमा बैंकिंग बिजनेसले पुरानो रेट अफ रिटर्न दिन सक्ला भन्ने सन्दर्भमा सक्न त अवश्य सकिन्छ तर केही सर्तहरू पुरा हुनु पर्छ – जस्तै
- अर्थतन्त्रमा ग्रोथ हुनु आवश्यक हुन्छ, यसको लागी देशमा पपुलेसन माइग्रेसन रोकिनु पर्छ, अब अहिलेको नेपालीहरूको पलायनलाई कसरी म्यानेज गर्ने त्यो महत्वपूर्ण कुरा हो | अब त हामीले नेपाल फर्क अभियान चलाउनु पर्छ, यो सबै भन्दा ठुलो च्यालेन्ज हो |
- अहिले जुन मार्केट साइज र पपुलेसन देश भित्र बाँकी छ, त्यसलाई स्टेबलिटी दिनुपर्छ, किन भने यो मार्केट पनि सानो छैन, युवा कम रहेको जुन डेमोग्रफिक चेन्ज हाम्रो देशमा देखिरहेको छ , त्यसै अनुरूप हाम्रो इकोनोमिक ग्रोथ गर्ने मोडल हामीले डिजाइन गर्नुपर्छ |
- अर्को सँधै डेफ़िसिट बजेट ल्याएर पनि मुलुक चल्न सक्दैन, ऋण थपेको थप्यै बाट हुदैन, अहिले पनि छ खर्ब ऋण थप्ने सकारको योजना छ, लोन लिएर विकास गर्छु भन्ने र विकासले प्रतिफल नदिने यो स्थितीबाट मुलुक निस्किनुपर्छ, यसको लागि सरकारले खर्च कटौतीमा अनिवार्य ध्यान पुर्याउनु पर्छ |

Non-Banking Asset NBA म्यानेजमेन्ट पनि बजारको डिमान्डसँग जोडिएको कुरा हो र अहिले बजारमा डिमान्ड क्रिएट भइरहेको छैन | मार्केटमा मानिसहरूले केही स्ट्रेस फिल गरेका छन त्यसैले घरजग्गा देखि सबै क्षेत्रमा सुस्तता देखिएको हो | यो किन भने अहिले सबैको आम्दानीमा असर परेको छ, ब्याज खाएर बस्नेहरुको अहिले ब्याज आउने स्थिति छैन | सेयर मार्केटमा डिपेंडेन्ट मान्छेहरु डिभीडेण्ड इन्कम अथवा मार्केट ग्रोथबाट हुने इन्कम लो भएको छ, घरजग्गा कारोबारीहरूको कारोबार घटेरै अप्ठ्यारो छ | रोजगारीको अवसर नभएर मानिस पलायनको लागि बाध्य छन् , यस्तो अवस्थामा हाम्रो उद्योग व्यवसायको भएको हिजोका दिनका क्यापासिटी नै अहिले बढी भइसकेको छ | उद्योग व्यवसायको सेल्स लगातार घटेको छ, उठती राम्रो छैन | राष्ट्रिय रूपमै क्रय शक्तिमै ह्रास आएको समयमा NBA सेटलमेन्ट समेत गाह्रो हुने नै भयो | भने पछि चुरो कुरो नेपालको अर्थतन्त्र को अहिलेको समस्या नै बैंक, व्यवसायी लगायत सबैको समस्या को मूल कारण हो |

यसको समाधान म्याक्रो इकोनोमिक् मेजर्स नै हो र यो मौद्रिक नीतिले अड्रेस गर्न सक्ने विषय समेत होइन | देशको अर्थनीतिले अड्रेस गर्नु पर्ने कुरा हो एक दुइ वर्षको बजेटले समेत यसलाई अड्रेस गर्न सक्दैन, यसको लागि हामीले अब हाम्रो लंग टर्म इकोनमिक पोलिसी के हो भन्ने कुरामा बहस गर्नु पर्छ |
हिजो यदि बैंकहरुले अलिकति ब्याज बढाएको कारणले अप्ठ्यारो परेको थियो भने आज ब्याज घट्दा किन उद्योग व्यवसायमा बृद्धि भएको छैन? यो कुरा हामी सबैले बुझ्नुपर्यो, अर्थात् अहिलेको अवस्थामा समस्या राष्ट्रिय अर्थतन्त्रको हो | त्यसैले हामीले बैङ्किङ क्षेत्रको एनपीएल, एनबीए लगायत हालको समस्या समाधान गर्न समेत “बियोन्ड बैंकिंग” नै सोच्नुपर्छ | अर्थतन्त्रकै लेभलबाट यसलाई सम्बोधन गरिनुपर्छ, त्यो नगरीकन “बैंक, निजी क्षेत्र र आम जनमानस” कसैले राहत महसुस गर्न सक्ने सम्भावना छैन |
(प्रस्तुत समाचार सामग्री इन्स्टाखबर डटकमका सम्पादक लवेस प्याकुरेलले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायसँग गरेको अन्तर्वार्तामा आधारित रहेर तयार पारिएको हो ।)
“Behind the Balance Sheet: बैंकिङ प्रणालीमा बढ्दो सङ्कटको खुलासा र समाधानको खोजी”
बैंकिङ क्षेत्रको दबाव सम्वोधन गर्न बहुआयामिक ढङ्गले लाग्नु पर्दछ : डा. प्रकाशकुमार श्रेष्ठ
वित्तीय अस्थिरताको सङ्केत: निष्क्रिय कर्जा र वित्तीय प्रणालीमा उत्तरदायित्वको प्रश्न – शोभन देव पन्त
