सबै सँग मित्रता, छैन कसै सँग शत्रुताको नीति नै नेपालको परराष्ट्र नीति  : डा.राजन भट्टराई

राजनीति

नेपाल-भारत सम्बन्ध सुमधुर रहेको छ र यसलाई सदैव सुमधुर कायम राख्नु पर्ने हुन्छ, दुई नजिकका छिमेकी राष्ट्रहरू बीच सहमति र बिमति का बुँदाहरू सदैव हुन्छ। हामी बीच धेरै सहमतिका बुँदाहरू छन्, थोरै बिमतिहरू छन तर ती महत्वपूर्ण छन ती विषयहरूलाई मिलाउदै अघि बढ्नु पर्छ : डा. राजन भट्टराई

नेकपा एमाले स्थाई कमिटी सदस्य, तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले इन्स्त्टाखबरको नेपाल भारत सम्बन्ध कभी खुशी कभी गम विशेष संवादमा नेपालको विदेश नीती, राष्ट्रिय हित र जनताको हितमा आधारित रहेर गरिने नीति रहेको बताएका छन्। नेकपा एमाले राष्ट्रियताका अडानहरू राख्दा भारतीय केही मिडिया र नागरिक समाजका केही पक्षलाई नेपाललाई आरोप लगाउने प्रवृत्ति बेलाबेलामा देखिने भन्दै त्यस्ता आरोपमा सत्यता पनि नरहेको र हामी त्यसको पछि समेत नलाग्ने भट्टराई बताउँछन्। हाम्रो भूभाग कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नेपालले दिंदैन, भूराजनीतिक रूपले हाम्रो मुलुक तुलनात्मक रुपमा संवेदनशिल स्थानमा छ र त्यसलाई मध्यनजर गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै सबै सँग मित्रता, छैन कसै सँग शत्रुताको नीति नै नेपालको परराष्ट्र नीति रहेको डा.राजन भट्टराई बताउँछन्

डा.राजन भट्टराई सँग नेपाल भारत सम्बन्ध : कभी खुसी कभी गम विशेष अन्तर्गत इन्स्त्टाखबरका कार्यकारी सम्पादक लभेश प्याकुरेलले गरेको संवादको अन्तर्वार्ता भिडियो:

नेपाल भारत सम्बन्ध : कभी खुसी, कभी गम

नेपाल भारत सम्बन्ध : कभी खुसी, कभी गम