विगत २० वर्ष देखि होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता प्रदान गर्ने विषयमा चर्चा चलिरहेको रहेको छ तर अहिले सम्म यसले निकास पाउन सकेको छैन । यसमा हामी व्यवसायीहरू मात्र हैन, तपाई मिडिया, राजनैतिक तथा सरकारी संयन्त्र, मन्त्रालय विभाग लगायत सम्पूर्ण सरोकारवालाहरू सबै रनभुल्लमै छन् सबै पक्ष को एक मत छ होटल उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता प्राप्त गर्नु पर्छ भनेर तर जतिबेला यो मान्यता प्रदान गर्ने समय आउँछ, अन्त्यमा होटल उद्योगको नाम छुट्छ छ, यो किन? कसैले आज सम्म बुझ्न सकेका छैनन् ।
हामी निजी क्षेत्र, व्यवसायीहरू सँधै यस्ता कुरामै अल्झिएर बस्ने कुरो पनि होइन, हाम्रो प्राथमिकता भनेको प्रोडक्टिभ काममा निरन्तर लागिरहने हो, व्यवसाय बिस्तार रोजगरी सृजना मै फोकस हुनु पर्ने हो ।

पछिल्लो पटक नौ वटा विभिन्न उद्योगहरूलाई नेपाल सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता प्रदान गर्दा अन्तिम समयमा होटल उद्योग त्यो सुचीमा पर्न असफल भयो । केबलकार लगायत अन्य आठ उद्योगले विशेष मान्यता प्राप्त गरे त्यो राम्रो हो, तर हस्पिटालिटी इन्डस्ट्रीले प्राप्त गर्न सकेन त्यो हामी माथि अन्याय हो यसमा कुनै शङ्का छैन । कुनै पनि जायज लबिङमा होटल एसोसिएसन नेपाल हान एक ढिक्का भएर अघि बढ्दछ, यसमा समेत हाम्रो एक्मत्यता रहेको छ । सबै तहका होटल व्यवसायीहरू आ-आफ्नो क्ष माताले भ्याएसम्म एडभोकेसी पनि गरिरहेका छन्, लबिङ समेत गरिरहेका छन् । यसको माग २० वर्ष अघिदेखि उठ्दै आएको छ, विभिन्न अनुभवी होटल व्यवसायिहरू हान लगायत मैले समेत राष्ट्रिय प्राथमिकताका लागि लबिङ गर्दै आएका छौ । हान को फाइभ स्टार, फोर स्टार होटलहरुको कोअर्डिनेटरका रुपमा होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता प्रदान गर्ने विषयमा हर सम्भव प्रयास गर्नु मेरो कर्तव्य समेत हो ।
हामीले सरकारका मन्त्री, सचिवहरू लगायत नीति निर्माणको तहमा रहेकाहरू सँग कुरा गर्दा सबै सकारात्मक देखिन्छन, उल्टो हामी सँग अहिलेसम्म तपाईँहरूले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता किन प्राप्त गर्नु भएन भनेर उल्टो हामीलाई प्रति प्रश्न समेत गर्छन, आफ्नो प्रतिवद्धता व्यक्त गर्दछन् तर अहिलेसम्म यसमा हस्पिटालिटी इन्डस्ट्रीले ब्रेक थ्रू प्राप्त गर्न सकेको छैन ।
नेपालको सन्दर्भमा पर्यटन उद्योग शतप्रतिशत भ्यालु एडिसन गर्न सक्ने, विदेशी मुद्रा आर्जनको प्रमुख श्रोत, व्यापक रोजगारी सिर्जना गर्नसक्ने क्षमता भएको मौलिक उद्योग हो । हाइड्रो पावर जसरी नेपालको मौलिक उद्योगको रुपमा पहिचान गरिएको छ त्यस्तै पर्यटन उद्योग पनि हो तर रोजगारी सिर्जनाको संधर्वमा पर्यटन उद्योगको दायरा हाइड्रो भन्दा निक्कै व्यापक हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको हिसाबले यो उद्योगले राष्ट्रव्यापी रुपमा रोजगारी र आय आर्जनमा मल्टिप्लायर इफेक्टको सिर्जना गर्दछ ।
नेपालको हिमाल, पहाड, तराई, सगरमाथा, पशुपतिनाथ जस्तो विशेषताले यहा लाखौ त के करोडौ पर्यटक भित्राउन सक्ने सम्भावना रहेको देश हो, यसर्थ यस्तो सम्भावना भएको उद्योगलाइ राष्ट्रिय प्राथमिकता नदिनुको कुनै औचित्य छैन, शायद अब चाडै प्राप्त हुनेछ भन्ने आश गरौ ।
देसमा पर्यटन क्षेत्रको अवस्था भनेको नेपालमा १० लाख पर्यटक भित्र्याउन समेत धौ धौ हुने स्थिति हो । यसको विपरित नेपालको पर्यटक भित्र्याउन सक्ने क्षमता घटीमा पनि ५० लाख हुनुपर्ने अनुमान सहजै गर्न सकिन्छ , यहाँ १० लाख पर्यटक भित्र्याउन गर्नुपर्ने संघर्ष नै हाम्रो प्रमुख समस्या हो । यसले गर्दा होटलहरू मात्र होइन पर्यटन उद्योग सँग आश्रित ट्राभल, ट्रेकिंग लगायत थुप्रै व्यवसायमा चुनौती रहेको छ, केही राम्रै चलिरहेका छन् तर अधिकांस कठिन अवस्थामा रहेका छन् । पर्यटकहरु भित्रिदा उनीहरुले गर्ने खर्चको स्पाइरल इफेक्ट देशैभरि पर्ने गर्छ तर अब देशको क्षमता र सम्भावना भन्दा ज्यादै न्यून पर्यटक देश भित्रिने हुँदा यहाँ चुनौती अवस्य निकै गम्भीर छ ।
होटल लगयत पर्यटन उद्योगमा व्यवसायीहरुले लगानी गरिसकेपछि अब सकेसम्म चलाउन नै खोज्ने हुन्छन् । के गर्ने बाध्यता नै हुन्छ । होटल नै बन्द गरी यसको डेप्रिसिएसन कताउँदा , प्रपर्टी मेन्टेन नगर्दा थप नोक्सानी थपिन्छ, ब्याज माथि ब्याज पर्न गइ व्यवसायीलाई थप नोक्सानी हुन जान्छ । यस्तो अवस्थामा घाटामै होटल संचालन गर्न व्यवसायीहरू बाध्य छन् । उदाहरणको लागि होटल तानतुन गरेर चलाउंदा व्यवसायीलाई ५ लाख घाटा होला बन्द गर्दा २० लाख नोक्सान हुने बाध्यात्मक ट्रयापमा व्यवसायीहरू अहिले रहेका छन् ।
साथै यसमा व्यसायीहरुमा आशाको मनोविज्ञानले समेत काम गर्छ, अर्को महिना राम्रो होला भन्ने एउटा मनोविज्ञानले समेत व्यवसायीहरू प्रेरित हुन्छन् । विशेष गरी बिजनेस कम्युनिटी विस्वास र फ्युचारिस्तिक माइन्ड सेटको मान्छेहरु हुन्छन् ।
लेसन फर्म भैरहवा: होटल ओकल्नु न निकाल्नु
भैरहवामा व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन हुन्छ भनेर ठुलो आशाले होटल निर्माण गर्न व्यापक लगानी गरे तर विमानस्थल निर्माण सम्पन्न भइसक्दा समेत विमानहरुको उडान संचालन हुन नसक्दा धरै होटल व्यवशायीहरु धरासयी भएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी परिसरले मात्र सजिलै ३० लाख पर्यटक आकर्षित गर्न सक्ने सजिलै अनुमान गर्न सकिन्छ । त्यसको साथै लुम्बिनी गुरु योजना अन्तर्गत त्यहाँ जसरी अन्य धार्मिक तथा पर्यटकीय स्थानहरुको विकास गर्ने योजना सरकारले अघि सार्यो त्यस अनुरुप लुम्बिनी क्षेत्र आसपास व्यवसायीहरुले होटलमा लगानी गर्नु जायज कुरा थियो । भारतको सारनाथकै उदहारण हेरौ त्याँहा मात्र लाखौ मात्रामा पर्यटकहरु भित्रिन्छन , धमाधम होटलहरू थपिदै छन् । हाम्रै नेपाली व्यवसायी अरुण सर्राफले समेत लगानी विस्तार गर्दैछन्, झन् नेपालको भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकको कमि होला भन्ने त कुरै हुँदैन , ३० लाख त सजिलै भित्रिछन् ।
तर बिडम्बना एयरपोर्ट अझै पूर्ण रुपमा संचालनमा आउन सकिरहेको छैन । सरकारले अन्तराष्ट्रिय एयारलाईन्सहरुलाई समेत बिकल्प प्रस्तुत गर्न सकिरहेको छैन । विस्वसनीय रुपमा रिबेटहरुको प्रस्ताव दिन सकिरहेको छैन, जस्तो ल्यान्दिंग, पार्किंग लगायतका छुटहरु अहिलेको अवस्थ मा ५० प्रतिशत को प्रस्ताव अन्तराष्ट्रिय एयारलाईन्सहरुले स्वीकार गरिरहेको छैनन् । यस्तो अवस्थामा पहिलो केहि बर्षहरुका लागि सरकार शत प्रतिशत छुट तर्फ जाने हो की भोलि पर्यटक आगमनमा वृद्धि भएपछि यो रिकभर भइहाल्ने निश्चित छ, भोलि सरकारले फलाइटहरुको फ्लो हेरेर बिस्तारै चार्जहरु समेत वृद्धि गर्दै जान सक्छ ।
यो कुनै नौलो कुरा हैन संसारका कतिपय मूलुकहरुले अन्तराष्ट्रिय एयारलाईन्सहरुलै यसका लागी थप सब्सिडी नै दिने गरेका हुन्छन् । बुद्धिजम अहिले फास्टेस्ट ग्रोइङ्ग रिलिजन हो, संसारमा सरकारले तदारुकता देखाउने हो भने भैरहवामा पर्यटकहरुको आगमनमा उत्साह जनक वृद्धि हुनेमा कुनै शंकै छैन ।
भैरहवाका होटल व्यवसायीहरूले समेत अब केहि समय धैर्यधारण गर्नु पर्ने देखिन्छ, सकारले समेत लगातार प्रयास बढाएको छ । अहिले देखिएको बैंक तथा व्यवसायीहरू बीचको अफ्ठ्यारो परिस्थितिको अवस्था छ, यसमा समेत दुवै पक्ष संयमित रहनु आवस्यक हुन्छ । निश्चित समयमा व्यवसाय संचालनमा आउन नसक्दा अवस्य अप्ठ्यारो परिस्थितिको सिर्जना हुन्छ नै, नेपालका अधिकांस बैंकहरु कस्टमर फ्रेन्डली नै छन् , सिधै लिलामी, कालो सुचीमा जाने प्रवृतिका छैनन् , समयको आवस्यकता अनुसार रिशेदयुलिंग सुविधा आदि प्रदान गर्दै आएका छन् , व्यवसायीहरूले समेत सक्दो कर्जा भुक्तानी व्यवस्थापन गरेकै छन् । केहि अवस्थामा पटक्कै ब्याज भुक्तानी समेत गर्न नसकेका केही अपवाद बाहेक अवस्था त्यति क्रिटिकल भइसकेको समेत होइन, हाल केहि समय यो प्रसव पिडा हो, आसा गरौ चाडैनै समाधान हुनेछ ।
चुनौतिलाई चुनैती: मेरियट
एकै प्रकृतिका थुप्रै उधोगहरु हुन्छन् , कुनै राम्ररी चलेका हुन्छन् , कुनै नचली रहेका हुन्छन् , हामीले आफुलाई भाग्यमानी नै ठान्नुपर्छ, हाम्रा दुवै मेरियट होटल राम्रो सँग संचालनमा रहन सफल भएका छन् । दुवै होटलको पर्फमेन्स निकै सन्तोषजनक रहेको छ, हामी सन्तुष्ट छौ ।

हुन त यो भन्दा अधिक राम्रो गर्नसक्ने स्कोप अझै छ तर पनि हालसम्मको उपलब्धि राम्रो रहेको छ, साउथ एसियामै बेस्ट प्रफ़र्मिङ्ग होटलको अवार्ड समेत हामीले प्राप्त गरेको छौ । हाम्रो सफलताको अर्को इन्डिकेटर, बिगत दुइ वर्ष यता उच्चतम विदेशी मुद्रा आर्जन गर्ने होटल को अवार्ड समेत मेरियट होटल प्राप्त गर्दै आएको छ । यी उपलब्धिहरु नै हाम्रो अहिलेको व्यवसायिक सन्तुष्टिका मुख्य आधारहरु हुन् ।
हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता : पर्यटन आर्थिक बिकाशको आधार
नेपालको अर्थतन्त्रको प्रमुख समस्या के हो? रोजगारी सिर्जना – देशमा रोजगरीको सिर्जनाको सन्दर्भमा होटल उद्योगको योगदान र सम्भावना बारे थप केहि कुरो अझ स्पस्ट पार्नु जरुरि छ । होटल उद्योगहरुले देसै भरि दसौ लाख प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सिर्जना गरिरहेको एकातिर छदैछ, अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेहरुमा स्किल डेभलपमेन्ट वृद्धि गर्ने यो एउटा दरिलो माध्यम समेत बनेको छ । नेपालको हस्पिट्यालिटी इन्डस्ट्रीमा एक दुइ बर्ष अनुभब हासिल गरेर बैदेशिक रोजगारीमा जान खोज्ने जो कोही नेपाली आज संसारको कुनै पनि देशको हस्पिट्यालिटी इन्डस्ट्रीमा सजिलै रिक्रुट भइरहेका छन् र त्यो पनि हाइ पेड जबमा नेपालको हस्पिट्यालिटी इन्डस्ट्रीको यो अर्को थप आयाम हो ।
नेपालमा आजसम्म रोजगारीको हिसाबले हस्पिट्यालिटी इन्डस्ट्री हाइली ल्युकरेटिभ सेक्टर हो । हाम्रै मेरियट होटलमा साढे पाँच प्रतिशत सर्भिस चार्ज, सरकारले तोके बमोजिम न्युनतम तलब सुबिधा लगायत अन्य वृत्तिविकासको थुप्रै अवसर हामीले प्रदान गर्दछौ । एउटा नव प्रवेशी स्वीपर तहको कर्मचारीले समेत मेरियट होटलमा ४० हजारको सुरुवाती स्केल पाउँदछ । यसको साथै मेरियट होटलमा मात्र पाँचजना विदेशी कर्मचारी कार्यरत छन्, हाम्रो सबै वर्क फोर्स स्ट्रेन्थ नेपाली जनशक्ति हो । यदि राज्यले हस्पिट्यालिटी इन्डस्ट्रीलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता दिने हो भने म आफै थप चार पाँच वटा यस्ता मेरियट जस्ता नयाँ होटल खोल्न तयार छु । नेपाल सरकारले समग्र पर्यटन उद्योगको विकाशको लागि गम्भीर भएर यसको प्रवर्धनतर्फ विशेष कदम चाल्ने हो भने किन एउटा नेपाली युवालाइ वैदेशिक रोजगारीमा जानु पर्छ?
(यो आलेख होटल मेरियटका अध्यक्ष, शशिकान्त अग्रवाल संग इन्स्टा खबर डटकमका कार्यकारी सम्पादक लभेश प्याकुरेलले गर्नु भएको भिडियो अन्तर्वार्ताको आधारमा तयार पारिएको हो, भिडियो अन्तर्वार्ता यसै साथ संग्लंग रहेको छ ।)
हस्पिटालिटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकता, आजको आवश्यकता बारेमा थप सामग्री
विभेदै विभेदका माझ संघर्षरत छ नेपालको होटल उद्योग : विनायक शाह



