काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालले ११.११ अभियानका लागि सहकार्य गरेका छन्। सहकार्यअनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका अनुसार २०८३ कात्तिक १५ देखि २५ गतेसम्म लागू हुने योजनामा डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ छुट पाइनेछ।
छुट लिन ग्राहकले दराजबाट भौचर संकलन गर्नुपर्नेछ। योजनाअन्तर्गत छुट पहिलो आउने ग्राहकलाई प्राथमिकता दिएर प्रदान गरिने बैंकले जनाएको छ।
डिजिटल बैंकिङ सुविधा विस्तार र ग्राहकको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएको बैंकको भनाइ छ। बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।



