नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् : गगन थापा

Headlines खेलकुद

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

सोमबारदेखि उद्घाटन हुन लागेको एनपिएलको सन्दर्भमा समाजिक सञ्जालमार्फत शुभकामना दिदैँ उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका हुन् ।

उनले नेपाली क्रिकेट आजको अवस्थासम्म आइपुग्नुका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको उल्लेख गरेका छन् ।

सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र आम क्रिकेटप्रेमीहरूको भूमिकाको स्मरण गर्दै थापाले प्रतियोगिताको पूर्ण सफलताको कामना गरेका छन् ।

‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई हार्दिक शुभकामना,’ उनले लेखेका छन्, ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ। सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।’