यूएन महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

Sticky News राजनीति

काठमाडौँ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह कतार एअरवेजमार्फत दोहा हुँदै अमेरिकाको न्यूयोर्क पुग्नेछन्।

महासभाअन्तर्गत प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।