हारबाट लज्जित अनि लाचार भारतीय सेनालाई कालापानीमा शरण दिएका थिए राजा महेन्द्रले

विविध

काठमाडौं,जेठ ७ , लिपुलेक, लिम्पियाधुरा , कालापानी समेटेर नेपालले नयाँ नक्शा सार्वजनिक गरेपछि भारतीय मिडिया कुकुर भुके जत्तिकै भुकी राखेको छ। उनीहरुले नेपालको कदम नाजायज भन्न र ति भू भाग आफ्नो भन्न कुनै कसर बाँकी राखेका छैनन्। तर इतिहास भने बेग्लै छ, अहिले आफुलाई ठुलो देश र विश्व शक्ति ठान्ने भारत त्यति बेला नेपाल समक्ष शरण माग्न बाध्य भएको थियो।

यसको खुलाशा स्वयम् राजपरिवारको सदस्यबाट भएको हो। पूर्व राजा ज्ञानेन्द्र शाहकी नातिनी पूर्णिका शाहले यसबारे खुलासा गरेकी छिन् :

हाम्रा स्वर्गीय श्रद्धेय महाराजधिराज श्री ५ महेन्द्र वीर विक्रम शाहदेवले तत्कालीन समयमा (सन् १९६२ ) भारत र चीन बीच यु*द्ध चलिरहेको बेला हारेर फर्किएको भारतीय सेनाले शरण मागेपछि भारतीय सेनालाई कालापानीमा शरण दिईबक्सिएको थियो। हारेर रित्तो हात फर्किएका भारतीय सैनिकलाइ खान र बस्नको पनि व्यवस्था दिइएको थियो तर उनीहरुले आफु बि*रुद्ध नै गलत योजना बनाउन सक्छन भन्ने भान भए पछि सन् १९६८ सम्म महाराजधिराजले १७ वटा भारतीय क्याम्प नेपालको भूमिबाट हटाइबक्सियो। कालापानीको क्याम्प हटाउन ताकेता गर्दै बखतमा भारतले सुगौली सन्धिको कुरा निकालेर विवाद भएपछि दुवै देशले आधिकारिक नक्सामा उक्त भूभाग नराख्ने गरि कालापानीलाई अध्ययन टोलीको जिम्मा लगाइयो। त्यही कारण नेपालको पुरानो नक्सामा पनि कालापानी अटाउन सकेन ।

त्यतिबेला सार्वजनिक भएको नक्सा कस्तो थियो भनेर पनि प्रमाण पेश गरिएको छ।सन् १९७१ मा महाराजाधिराज स्वर्गीय भइबक्सिएपछि तत्कालीन समयमा स्वर्गीय वीरेन्द्र वीर विक्रम शाहदेव राजगद्दीमा आइबक्सियो। कालापानी विवाद लगायत सीमा वि*वाद राजसंस्थाले हल गर्ने थियो तर , देशमा त्यसपछि ०४६ आन्दोलनले बहुदल ल्याएर दलको हातमा सर्वेसर्वा गएपश्चात राजसंस्थामा अधिकार नभएकोले कालापानी लगायत सीमा विवाद हल हुन सकेन। अध्ययन टोलीले त्यसपछि कसलाई प्रतिवेदन बुझायो त्यो राजसंस्थालाई जानकारी भएन। तर , त्यसको परिणाम राजसंस्थासम्म कहिल्यै आइपुगेन।देशी विदेशी षडयन्त्रपूर्वक दरबार हत्याकाण्ड घटनापश्चात गणतन्त्रको निम्ता दिएर राजतन्त्रलाई अस्तित्वविहीन बनाएपछि बल्ल त्यसको पनि १२ वर्ष पश्चात आएर अहिले भारतले आफ्नो नाममा भूभाग समेटिएको नक्सा सार्वजनिक गर्न आँट गरेको हो।

१२ वर्षयता भारतले कुनै पनि नयाँ नक्सा सार्बजनिक गर्न सकेको थिएन। देशको सीमा रक्षा गर्नको लागि राजसंस्था कहिल्यै पनि चुकेको थिएन। राजसंस्थालाई यो देशको माया सधैं छ र रहिरहने छ। भन्नलाई २५० वर्षको शासन गरेको भनिए पनि वास्तविक शासन स्वर्गीय महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवले सत्ता हातमा लिँदाको केही समय बाहेक अरु बेला राजसंस्था सक्रिय भएर शासन गर्न पाएको थिएन।त्यसैले २५० वर्ष राजाले शासन गरे भन्ने तर्क पूर्ण गलत हो। नेपालको स्वर्णिम युग पनि त्यही राजसंस्थाको प्रतक्ष शासन भएको समय नै थियो जतिबेला विभिन्न उद्योग, सडक, राजमार्ग बनेका थिए। केही अहिले पनि संचालनमा छन्।

बितेको समय फर्किएर आउला नआउला तर एकोहोरो रुपमा राजसंस्थालाई दोषी देख्ने चस्मा पहिरनु अघि यी तथ्य विचार गर्नुहुनेछ भन्ने आशा लिएका छौं। देश बिगारेको राजसंस्थाले हैन। देशको सीमा सु* रक्षा नगरेको विषयमा राजसंस्थालाई नजोडियोस् भन्ने आग्रह गर्दै सबैको जय होस् भन्न चाहन्छौं।

आराध्यदेव श्रीपशुपतिनाथले सबैको कल्याण गरून् । जय जननी जय नेपाल