नेपाल प्रहरी प्रहरीलाई कम्फु किक हान्ने चिनियाँ ५ हजारमै रिहा

विविध

काठमाडौं – सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकलाई सरकारले छाडेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी कुट्ने चिनियाँलाई ५ हजार धरौटीमा छाड्न आदेश दिएपछि अभियुक्तहरू छुटेका छन् । चिनियाँ नागरिकहरू घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा बैशाख २६ गतेमा पक्राउ परेका थिए । नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । चिनियाँ नागरिकले प्रहरी कुटिरहेको भिडियो भाइरल भएको थियो । त्यस क्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र १ जना प्रहरी जवान घाइते भएका थिए । तर सरकारले चिनियाँलाई ५ हजार धरौटी मै छाडेको छ ।