काठमाडौं । नेपाल मेडिकल एसोसिएसन (एनएमए) को श्रावण २३ गते हुने निर्वाचनका लागि चिकित्सक समुदायमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसैबीच, अध्यक्ष पदका उम्मेदवार डा. रामकृष्ण यादवका समर्थकहरूले उनलाई भारी मतका साथ विजयी गराउन सम्पूर्ण चिकित्सक समुदायसँग अपिल गरेका छन्।
समर्थकहरूले जारी गरेको अपिलमा डा. यादवलाई सक्षम, समर्पित र सेवाभावी नेतृत्वका रूपमा प्रस्तुत गर्दै चिकित्सकहरूको पेशागत हकहितको संरक्षण, संस्थागत सुदृढीकरण तथा स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि उनी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
उनी नेतृत्वमा निर्वाचित भए चिकित्सकहरूको पेशागत अधिकारको संरक्षण, संगठनभित्र सुशासन र पारदर्शिता कायम गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी पहल गर्ने विश्वास व्यक्त गरिएको छ।

समर्थकहरूले श्रावण २३ गते हुने निर्वाचनमा डा. रामकृष्ण यादवलाई मतदान गरी भारी मतका साथ विजयी बनाउन सम्पूर्ण चिकित्सक समुदायसँग आग्रह गरेका छन्।
डा. यादवले आफ्नो चुनावी अभियानमा चिकित्सकहरूको एकता, पारदर्शी नेतृत्व र सेवामुखी कार्यशैलीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थन मागिरहेका छन्।
उनको चुनावी नारा रहेको छ— “तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता।”


