लमजुङका संक्रमित जिल्लामा छैनन् : सीडीओ

विविध

२०७७ जेष्ठ ०६  : काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको र उनीहरुमध्ये एक लमजुङका भएको बताएको छ ।

त्यसले जिल्लामा संक्रमित कहाँको भन्ने चासो बढेको छ । तर संक्रमित लमजुङ स्थायी घर भएका भए पनि हाल त्यहाँ नरहेको पाइएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लक्ष्मणबहादुर खड्काले भने, ‘लमजुङका एक व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयबाट थाहा पाएँ । तर उनी यहाँबाट नमुना संकलन गरिएका व्यक्ति होइनन् । काठमाडौँभित्रै नमुना संकलन गरिएको लमजुङ घर भएका व्यक्ति हुनसक्छ ।’

उहाँका अनुसार, पीसीआर विधिबाट कोरोना परीक्षण गर्न जिल्लाबाट ६१ नमुना संकलन गरिएको थियो । ती नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पोखरा पठाइएको थियो । यीमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । पोखरा प्रयोगशालामा पठाइएका ८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।