चितवन । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।
बन्दसत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँदै कार्यक्रम आजका लागि सारिएको थियो।
बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू उपस्थित भइसकेका छन्। कार्यसूचीअनुसार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन तथा उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसका साथै अनुशासन आयोगको प्रतिवेदन र पार्टीको वित्तीय प्रतिवेदन पनि बन्दसत्रमा पेश गरिनेछ।
बन्दसत्र सम्पन्न भएपछि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ।
