काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
सभापति पदका लागि मनोनयन दर्ताको निर्धारित समयभित्र लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव तथा ५१ जना सदस्यको समर्थनमा लामिछाने सभापतिमा निर्विरोध चयन भएका हुन्।

यता, केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी दर्ताको प्रक्रिया जारी छ। सदस्य पदका लागि भोलि बिहान ९ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका छ।
रास्वपाका संस्थापक सभापति लामिछानेले नयाँ विधानअनुसार लगातार दुई कार्यकालसम्म सभापतिको जिम्मेवारी सम्हाल्न पाउने व्यवस्था रहेको छ।
