२०७७ जेष्ठ ०६ : काठमाडौँ – कालापानीको विवाद भारत र नेपाल दुई देशबीचको भएको चीनले बताएको छ । चिनियाँ विदेश मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजेनले चीनले एकपक्षीय कदमले स्थिति जटिल बनाउन सक्ने भएकोले यसबाट दुबै देश बच्नुपर्ने बताए ।
दुई देशबीचको विषय भएकाले दुबै देश आपसी मैत्रीपूर्ण परामर्शद्वारा विवादको समाधान गर्ने उनको अपेक्षा थियो । २०१५ मा भारत–चीनले लिपुलेक हुँदै व्यापारिक मार्ग निर्माण गर्ने सहमति गरेपछि यो विवादलाई हल गर्न त्रिपक्षीय वार्ता गर्नुपर्ने कुरा उठ्दै आएको बेला चीनले भने कालापानी सीमा विवाद भारत र नेपालबीचको भएको बताएको हो ।
