काठमाडौं । वीरगञ्जबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।भोलि उनको अभियानको कार्यक्रम तय थियो । प्रहरीले कार्यक्रमको पूर्वसन्ध्यामा प्रसाईँलाई पक्राउ गरेको हो ।
उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको स्रोतले जानकारी दियो ।