सुनकोे मूल्य घट्यो, चाँदी बढ्यो

बजार

काठमाडौं । नेपाली बजारमा बुधबार सुनकोे मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

हिजो मंगलबार ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोवार भैइरहेको छ ।

हिजो मंगलबार चाँदी ५ हजार ६ सय ९५ रुपैयाँमा कारोवार भएको थियो ।