संक्रमित पुरुषको वीर्यमा पनि देखियो कोरोना, यौन सम्पर्कबाट कोरोना सर्नसक्ने

विविध

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भाइरस विश्वका २ सय १२ देशमा पुगीसकेको छ । हालसम्मकै सबैभन्दा खतनाक स्वास्थ्य चुनौति थपेको यस भाइरसका विषयमा निरन्तर खोज भइरहेका छन्। गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भाइरस विश्वका २ सय १२ देशमा पुगीसकेको छ । हालसम्मकै सबैभन्दा खतनाक स्वास्थ्य चुनौति थपेको यस भाइरसका विषयमा निरन्तर खोज भइरहेका छन्। यो विषम परिस्थितीमा वैज्ञानिकले अर्को तथ्य सार्वजनिक गरेका छन् ।

संक्रमित पुरुषको विर्यमा कोरोना भाइरस रहिरहन सक्दछ । निको हुन लागेका पुरुषको वीर्यमा भाइरस रहिरहनसक्ने चिनियाँ अनुसन्धानकर्ताहरुको नयाँ अध्ययनले देखाएको हो ।अनुसन्धानकर्ताहरुका अनुसार यौन सम्पर्क मार्फत पनि कोरोना सर्नसक्ने सम्भावना हुन्छ ।

यो भाइरस हाच्छ्यु गर्दा, खोक्दा, हात मिलाउँदा अंकमाल गर्दा सर्न सक्ने भएकोले मानिसहरुमा सामाजिक दूरी कायम गर्न सरकारले समेत भनिरहेको परिप्रेक्ष्यमा अहिले यो नतिजा बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनले जनाएको छ ।

कोरोनाको महामारी उच्च रहेको बेला अर्थात् जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ जना पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गर्दा यो शंका पुष्टि भएको हो ।

त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको थियो । तीमध्ये एक चौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए, कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको सिएनएनले जनाएको छ । यसबारेमा थप अनुसन्धान भने भइरहेको छ ।

यौन सम्पर्क नगर्ने वा कण्डमको प्रयोग गर्ने विषय रोकथामका लागि अबलम्बन गर्न सकिने यो टोलीले जनाएको दि कन्र्भरसेसन डटकमले लेखेको छ ।