धनकुटा, बैशाख २५, सिमावर्ती जिल्लामा भाईरसको संक्रमण देखिए लगतै धनकुटाका पाँच वटा नाकामा कडाईका साथ सम्पूर्ण नाका सिल गरिएको छ । जिल्लाको प्रवेशद्धार भेडेटारलगायतका पाँचवटा नाका (लेगुवा, छनम्वर बुधबारे, छथरजोरपाटी, त्रिबेणीघाट) मा हेल्थ डेक्स स्थापना गरि चेकजाँच गरेर मात्र अत्यावश्यक कामका लागि पनि पास भएकोलाई मात्र प्रबेश गर्ने ब्यावस्था मिलाए सँगै कडाई गराईएको छ ।
सीमावर्ती जिल्ला भोजपुर र उदयपुरमा नोवल कोरना भाईरस कोभिड १९ को संक्रमण देखिए लगतै जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लामा उच्च सतर्कता अपनाउदै कडाईका साथ सबै नाका सिल गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केवश प्रसाद विमलीका अनुसार धनकुटाको पश्चिमी सीमवर्ती क्षेत्रमा भोजपुर र दक्षिणी क्षेत्रमा उदयपुर जिल्लाको सिमाना जोडिएको र उक्त सीमावर्ती जिल्लामा संक्रमण देखिइसकेकाले धनकुटा जिल्लामा उच्च सतर्कता साथ कडाइ गरिईएको छ ।

अत्यावश्यक काम बाहेक कसैलाई पनि जिल्लामा आउन र जिल्ला बाहिर जान कडाईका साथ धनकुटाको सम्पूर्ण नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठका अनुसार जिल्लाको प्रबेशद्धार भेडेटारमा कडा चेक जाँच गरिएको छ । अत्यावश्यक कामकालागि आएका सवारी साधान र यात्रुहरुको नाम नम्वर मोवाईल नम्वर आएको र जाने स्थान लगायतका विवरण भर्नुका साथै हेल्थ डेक्स स्थापन गरि यात्रुलाई फिवर गनले ज्वरो जाँच गरेर मात्र प्रबेश गराउने ब्यवस्था गरिएको छ ।
