नेपालीहरुले गएको आइतबार अमेरिकाबाट एउटा खुसीको खबर पाए। अमेरिकन आइडलमा नेपाली युवक दिवेश पोखरेल (Arthur Gun) टप १० मा छानिए। उनलाई भोट दिन अमेरिकामा रहेका नेपालीहरुले सामाजिक सञ्जालबाट आग्रह गरेका थिए। नेपालबाट आधिकारिक रुपमा भोट दिन नपाइए पनि भिपिएन प्रयोग गरेर भोट दिनेहरु पनि थिए। आर्थर गन टप टेनमा पुगिसकेपछि एउटा पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भयो। त्यसमा भनिएको थियो- ‘अरुले ७ हजार भोट ल्याउँदा अर्थर गनले ३ करोड ६० लाख भोट ल्याएछन्…! नेपालीले कुन दिन भोट हालेर हिसिला यमिलाई विश्व सुन्दरी बनाइदिन्छन्!’
https://twitter.com/PremChapagains/status/1257325080641712129?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1257325080641712129&ref_url=https%3A%2F%2Fwww.mysansar.com%2F2020%2F05%2F40084%2F

सामाजिक सञ्जालमा मात्र होइन, मूलधारकै अनलाइन माइरिपब्लिकाले पनि उनले ३६ मिलियन अर्थात् ३ करोड ६० लाख भोट पाएको समाचार लेखेको छ। तर आर्थर गन (दिवेश) एक्लैले अमेरिकन आइडलमा ३ करोड ६० लाख भोट ल्याएका भने होईनन् !

वेब लिंक : https://myrepublica.nagariknetwork.com/news/arthur-gunn-makes-it-to-top-10-of-american-idol/
दिवेशको फेसबुकमा भने सहि कुरा पोस्ट भएको छ :
https://www.facebook.com/me.dibesh/posts/1553317521512210
अमेरिकामा आइतबार प्रकाशित हुने कला सम्बन्धी म्यागेजिन परेडको अनलाइन संस्करणमा मे ३ मा प्रकाशित समाचारमा पनि कार्यक्रमका होस्ट र्यान सिक्रेस्टलाई उद्धृत गर्दै कूल ३६ मिलियन भोट दर्ता भएको र त्यसमध्येबाट टप १० घोषणा गरिएको उल्लेख छ।
त्यस्तै एटलान्टा जर्नल कन्स्टिच्युसनमा पनि मे ३ मा प्रकाशित रेडियो एन्ड टिभी ब्लगमा पनि कूल भोट ३६ मिलियन रहेको उल्लेख छ।
अतः उनलाई मात्रै ३ करोड ६० लाख भोट आएको भनी सोसल मिडियामा गरिएका दावी गलत हुन्। ३ करोड ६० लाख अर्थात् ३६ मिलियन भोट कार्यक्रमका सबै प्रतिस्पर्धीहरुले पाएको कूल भोट संख्या हो, दिवेशले मात्रै पाएको होइन। जजले सेभ गरेका एक जना समेत थपेर टप ११ बाट मे १० अर्थात् अर्को आइतबार टप ७ छानिने छन्। त्यसपछि मे १७ मा फिनाले हुनेछ र एक जना अमेरिकन आइडल घोषित हुनेछन्।
