बैशाख १७, २०७७ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बानेश्वरस्थित संसद भवनको अवलोकन गरेका छन्। प्रधानमन्त्री ओलीले बुधबार संसद भवनको अवलोकन गरेका हुन्। भवन अवलोकनको क्रममा प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले संयुक्त रूपमा अवलोकन गरेका हुन्। लकडाउनको कारणले संसद बैठक बस्न नसकिरहेको अवस्था छ। सरकारले आगामी वर्षको बजेट ल्याउने तयारी थालेपछि प्रधानमन्त्री अवलोकनका लागि पुगेका हुन्। यही बिषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बुधबार बिहान छलफल भएपछि संयुक्त रूपमा संसद भवनको अवलोकन गरेका हुन्। प्रधानमन्त्री र सभामुख सापकोटाबीच संघीय संसदको बजेट (वर्षे) अधिवेशन बोलाउने विषयमा छलफल भएको छ। त्यसैगरि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय, नीति तथा कार्यक्रममा पनि छलफल भएको छ ।
