“प्रभु बैंक केस: सीईओसहित शीर्ष अधिकारीको थुनामा थप ४८ घण्टा”

बैंक/वित्त

काठमाडौँ । बैंकिङ कसूर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई थुनामा राख्ने म्याद दुई दिनका लागि थपिएको छ।

उच्च अदालत पाटनको वाणिज्य इजलास— न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको एकीकृत इजलास—ले थप दुई दिन म्याद थप गर्न आदेश जारी गरेको हो।

राष्ट्र बैंकका निर्देशन र प्रचलित कानुन विपरीत काम गरी बैंकलाई हानी–नोक्सानी पुर्‍याएको, साथै सो अपराध लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गरी त्यसको दुरुपयोग गरेको आरोपमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ।