काठमाडौं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले डेढ महिनादेखि रिक्त रहेको गभर्नर पदमा पौडेलको नाम अनुमोदन गरेको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।
यसअघि मंगलबार अपराह्न बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा पहिलो नम्बरमा डा. पौडेल, दोस्रोमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र तेस्रोमा पूर्वसचिव दिनेश भट्टराईको नाम समावेश थियो।
