जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बुधबार दक्षिण अमेरिकाको चिली जाँदै छन् ।
चिलीको स्यान्टियागोमा सबै महादेशका विभिन्न मुलुकहरूका प्रगतिशील, सामाजिक लोकतान्त्रिक, श्रमिक र समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिभ एलाइन्सको आयोजनामा हुन लागेको विश्व सम्मेलनमा सहभागी हुन अध्यक्ष यादव त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

