वनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणाले पदभार ग्रहण गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा राणाले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उनले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताएकी छन् । उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताईन् । बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी गरिन् । मन्त्री राणाले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्यसमेत रहनुभएकी राणा नेपाली काँग्रेसका सभापति एवं भूतपूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुनुहुन्छ । उनलाई विभिन्न भ्रष्टाचार तथा अनियमितताका काण्डमा संलग्न भएको आरोप लगाउने गरिन्छ । राणा २०७४ मा कैलाली– ५ बाट चुनाव लडेकी थिइन् । त्यसबेला वाम गठबन्धनका तर्फबाट एमाले नेता नारदमुनि रानाले हराएका थिए ।
कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन् । लामो समय गैर सरकारी संस्थाहरुमा व्यस्त रहेकी उनी ०५१ सालमा देउवासँग विवाह गरेपछि पनि लामो समय सक्रिय राजनीतिमा थिइनन् ।
उनी मन्त्रिपरिषदको सातौं वरियतामा रहने छिन् ।



