पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर ६ हजार ४ सय ९१ जनाको परीक्षण गर्दा ५२९ जनामा पीसीआर ार ३८३ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ९ लाख ८९ हजार ३ सय ५० जनामा पीसीआर र १ लाख ४४ हजार १ सय ७५ जनामा एन्टीजेन पुष्टि भएको छ ।
त्यसो त पछिल्लो २४ घण्टामा नेपालमा थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७१ हजार ६ सय २० पुगेको छ ।
हालसम्म ११ हजार ९ सय ७० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा ५ हजार ७ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।