PM Balen in Action: पुँजी बजार र बीमा क्षेत्रका शीर्ष सरोकारवालासँग आज विशेष बैठक

Headlines आर्थिक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग उच्चस्तरीय छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका सम्भावित उपाय तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुनेछन्।

यस्तै, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि बैठकमा सहभागिता रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका नीति निर्माता, नियामक तथा निजी क्षेत्रका प्रतिनिधिलाई एउटै मञ्चमा बोलाएर छलफल गर्न लागेकाले यस बैठकलाई बजार सुधार, लगानीकर्ता विश्वास अभिवृद्धि र आगामी नीतिगत दिशाबारे महत्वपूर्ण मानिएको छ।