कीर्तिपुर कार आगलागीमा एक जनाको मृत्यु, शव पोस्टमार्टमका लागि पठाइयो

Headlines समाचार

काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका पुरुषको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ।

मंगलबार बिहान करिब ११:२० बजे कीर्तिपुर–ट्याङ्लाफाँटस्थित चाँदनी चोकमा बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको थियो। आगलागीमा परेर कार चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार नबिल बैंकबाट ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको खुलेको प्रहरीले जनाएको छ।

हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको कारण र आगलागीको वास्तविक अवस्थाबारे प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।