भारतको जवाफ-“हामीले पूर्णतः भारतकै भूमिमा सडक बनाएका हौं”

विविध

काठमाडौं, २७ वैशाख । भारत सरकारले लिपुलेकमा बनाएको सडकबारे नेपालले आपत्ति जनाएकोमा आफ्नो जवाफ फर्काउँदै उक्त सडक भारतीय भूमिमै बनाएको दाबी गरेको छ । आज साँझ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेको हो । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपाल सरकारले आज दिउँसो एक विज्ञप्ती प्रकाशित गरेर आपत्ति जनाएको थियो । त्यसको जवाफमा भारतको विदेश मन्त्रालयले नवनिर्मित सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गरेको छ ।