माइक्रोसप्टले दियो त्रिविलाई अनलाइन शिक्षाका लागि ५ लाख निःशुल्क आइडि

विविध

काठमाडाै‌- त्रिभुवन विश्वविद्यालयले कार्यन्वयनमा ल्याएको अनलाइन कक्षा संचालनमा सहजताका लागि माइक्रोसफ्ट कम्पनीले विश्वविद्यालयलाई ५ लाख विद्यार्थीको लागि निःशुल्क आइडि उपलब्ध गराएको छ । विश्वविद्यालयले अनलाईन कक्षा संचालनको लागि माइक्रोसफ्ट कम्पनीसँग माग गरे अनुसार उक्त कम्पनीले विश्वभर संचालन गरिरहेको “टीम एप्स” एप्समा अब त्रिवि पनि जुडेको छ । एमएसटिम माइक्रोसफ्ट कम्पनीले विश्वभरीका शैक्षिक निकायहरुमा कक्षा संचालन गरिरहेको एउटा एप हो । जुन विश्वमै निकै प्रभावकारी मानिएको छ ।