instakhabar | प्रकाशित मिति: २०७७ बैशाख २४, बुधबार १६:३९
पर्सामा बुधवार १७ जनालाई कोरोना भाइरस संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ९९ पुगेको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङका क्रममा यो जानकारी दिएको हो ।