काठमाडौं, २४ वैशाख । WHO ले कोरोना भाइरसबाट जोगिन साबुनपानीले पटकपटक हात धुन भनेको छ । कोरोनाको जोखिमबाट सुरक्षित रहन, भौतिक दुरीसंगै हात धुन नियमित गरेमा संक्रमण नहुने चिकित्सकको सल्लाह छ । तर, मुलुकका अधिकांश स्थानमा आमनागरिक पानीको समस्या छ । काठमाडौंले कोरोनाको जोखिम बढेपछि थप पानीको हाहाकार झेलिरहेको छ ।
काठमाडौं उपत्यकामा पानीको माग पुरा गर्न भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा छ । तर वर्षाैदेखि मेलम्ची खानेपानी आयोजना पुरा हुन सकेको छैन ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार दैनिक ४३ करोड लिटर पानीको माग छ । हाल लिमिटेडले ९५ लाख लिटर मात्र पानी वितरण गर्दै आइरहेको छ । केयुकेएल अन्तर्गत काठमाडौं उपत्यकामा २२ लाख २१ हजार धारा जडान छन् । ती धारामा फरकफरक दिन पानी वितरण गरिँदै आएको छ । उपलब्ध हुने पानीमा समेत चुहावटको समस्या पनि उत्तिकै छ ।

काठमाडौं खानेपानी उपत्यका लिमिटेडले कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेकै बेला पानीको आपूर्ति घटाइदिएको छ । केयुकेएलले प्रत्येक ६ दिनमा उपलब्ध गराउँदै आएको पानी वितरणको तालिका प्रत्येक १०–१० दिनमा पु¥याएको छ । पानीको समस्या सधै झेल्दै आएको उपत्यकामा कोरोना कहरले पानीको माग झन् बढेको छ । तर न्यूनतम पानी पनि पु¥याउन नसकेको सरकारले संक्रमणबाट जोगिन पटक पटक साबुन पानीले हात धुन भन्दै सन्देश प्रवाह गरिरहेको छ ।
यसर्थ कोरोनाबाट सुरक्षित रहन साबुन पानीले हात धोउ भन्ने सरकारले उपत्यकाको पानीको हाहाकारलाई पुरा गर्न अब पहल गर्न आवस्यक छ ।
