२०७७ बैशाख २४, सरकारले लकडाउन ११ दिन थप्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि २५ गते सम्म गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ११ दिन थपेर जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको हो ।
बुधवार बसेको कोभिड १९ नियन्त्रण उच्च स्तरीय समन्वयन समितिले लक डाउनको अवधि लम्ब्याउनु पर्ने सिफारिस गरेपछि बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थप ११ दिन देशभर लक डाउन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । नेपालमा हालसम्म ८२ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ।
