GoDaddyले गर्यो डाटा उल्लंघनको पुष्टि

विविध

१ करोड ९० लाख ग्राहकहरु भएको विश्वको सबैभन्दा ठूला डोमेन रजिस्ट्रार, GoDaddy ले आफ्ना ग्राहकहरुको वेब होस्टिंग खाता तथा प्रमाण पत्रहरुलाई प्रभावित पार्ने गरि डाटा उल्लंघन भएको खुलासा गरेको छ।

७ करोड ७० लाख डोमेनहरू तथा लाखौं वेबसाइटहरु होस्ट भएको GoDaddy को बारेमा सबैजनाले सुनेका छन्। डाटा उल्लङ्घन भएका ग्राहकहरूको संख्या अझै अज्ञात रहेको छ र थुप्रै वेब होस्टिंग खाता प्रमाणिकरणमा सम्झौता भएको GoDaddy ले जनाएको छ ।