कक्षा १२ काे परीक्षामा सुरक्षार्थ कर्मचारी खटाउन जिप्रका धनुषाको आग्रह

स्वास्थ्य-शिक्षा

जिप्रका धनुषाले परीक्षा अवधिभर परीक्षा केन्द्रहरूमा कर्मचारीहरूको उपस्थिति अनिवार्य हुने भएकाले कार्यालयको नियमित सेवा प्रवाहमा बाधा नपर्ने गरी दिउँसो १२ बजेसम्म खटिन सक्ने कर्मचारीहरूको विवरण पठाउन आग्रह गरेको हो ।

पठाइने विवरणमा कर्मचारीको नाम, पद, इमेल, मोबाइल नम्बर तथा कार्यरत कार्यालयको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ ।

जिल्ला प्रशासनले यस्तो पहल परीक्षा प्रक्रियालाई मर्यादित, अनुशासित र निष्पक्ष बनाउनका लागि गरिएको जनाएको छ । साथै, समयमै कर्मचारीको विवरण नआए प्रशासनिक कठिनाइ हुन सक्ने भन्दै सम्बन्धित कार्यालयहरूलाई शीघ्र समन्वय गर्न पनि अनुरोध गरिएको छ ।