गभर्नर रेस २०८१ ,राजीनामा नं २: डा. प्रकाश कुमार श्रेष्ठ , कार्यकारी निर्देशक, नेपाल रास्ट्र बैंक

अर्थ समाचार

नेपाल रास्ट्र बैंकका कार्यकारी निर्देशक तथा हाल रास्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठले रास्ट्र बैंकबाट राजिनामा दिएका छन | नया गभर्नर नियुक्तिको प्रक्रिया अन्तिम चरणमा रहेको अवस्थामा उनको राजिनामा आएको हो | इन्स्टाखबर सँगको कुराकानी मा उनले भने मैले रास्ट्र बैंक बाट राजिनामा दिएको हो तर पर्क्रिया अझै बाँकी नै छ | 

सन् १९९७ देखि उहाँले राष्ट्र बैंकको विभिन्न पदमा रही कार्य गर्दै आउनुभएको छ ।  लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको अध्यक्ष भई कार्य गर्नुभएको छ । सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त श्रेष्ठले अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्र र वित्त विषयमा स्नातकोत्तर तह तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, अमेरिकाबाट विद्यावारिधि उपाधी प्राप्त गर्नुभएको छ ।

डा प्रकाश कुमार श्रेष्ठलाई  नया गभर्नरको प्रबल दाबेदारको रूपमा समेत हेरिँदै आएको छ |