प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।
सभापति रामहरि खतिवडाले बिहीबार बिहान बसेको बैठकमा उक्त प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए, सर्वसम्मतिबाट पारित गरिएको थियो |
बैठकमा पहिले उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।



