बार्सिलोना फिल्म फेस्टिभलमा ‘इँटा भट्टा’ छनोट

मनोरंजन

सर्ट डकुमेन्ट्री ‘‘इँटा भट्टा, द किलिंग किल्न’’ बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोटमा परेको छ ।

सप्तरीको राजविराज नगरपालिका ४ निवासी युवा सुरेश मुखियाद्वारा लिखित तथा निर्मित शोर्ट डकुमेन्ट्री ‘इँटा भट्टा’ बार्सिलोना अन्तर्राष्ट्रिय वातावरणीय फिल्म फेस्टिभलको ३१ औं संस्करणमा आधिकारिक रूपमा छनोटमा परेको हो ।

यो डकुमेन्ट्री सो फेस्टिभलको ‘मोनार्का सेक्सन डकुमेन्ट्री’ खण्डको प्रतिस्पर्धामा छनोट भएको हो ।  छनोटमा परेको इँटा भट्टा डकुमेन्ट्री यही २०२४ नोभेम्बर १ देखि २३ सम्म पेरिस’ को बार्सिलोनामा हुन लागेको फिल्म फेस्टिभलमा प्रदर्शन गरिनेछ ।