फेरि एसिड आक्रमण, आमा छोरी घाइते

विविध

राजधानीको चुच्चेपाटीमा एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् । एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।आफ्नै बाबुले छोरी र श्रीमतीमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ । प्रहरीका अनुसार अभियुक्तलाई नियन्त्रणमा लिइएको छ ।

बिहीबार राति सो आक्रमण भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

केही साताअघि मात्रै राजधानीको सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।