वीर अस्पतालका डाक्टरलाई नै काेराेना

विविध

वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ। स्रोतका अनुसार अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो।

अस्पताल स्रोतका उनमा अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएपछि आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो।अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।