अर्थ–राजनीतिमा आधारित राजीव उपाध्यायको ‘कबाल्स एण्ड कार्टेल्सस् एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक

विविध

बिहीवार एक कार्यक्रमकाबीच राजीव उपाध्यायको पुस्तक ‘कबाल्स एण्ड कार्टेल्सस् एन अप क्लोज लुक एट नेपाल्स टर्बुलेन्ट ट्रान्जिसन एण्ड डिस्रप्टेड डेभलपमेन्ट’ सार्वजनिक भएको छ। अर्थ–राजनीतिमा आधारित उक्त पुस्तकमा नेपालको राजनीति र व्यवसायबीचको अन्तर-सम्बन्ध मार्फत कसरी राज्य–दोहन गरियो र सुधारको गतिलाई अवरुद्ध गरिएको विषयलाई विशेष ढंगबाट प्रस्तुत गरिएको छ । आफै पनि लामो समय विकास साझेदार विश्व बैंकको नेपाल कार्यालयमा काम गरेको अनुभव रहेका उपाध्यायले माओवादी द्धन्द्धकाल र संक्रमणकालमा नेपालको विकास प्रकृया कसरी अवरुद्ध भयो र त्यसका कारणहरू के थिए भन्ने विषयमा पनि पुस्तकमा उतारिएको बताइएको छ । त्यस्तै २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापश्चातको अर्थ–राजनीतिमा आधारित उक्त पुस्तकमा नेपालको अर्थराजनीति र विकास प्रकृयालाई चिहाउने आँखिझ्याल भएको भएको उपस्थित वक्ताहरुको तर्क रहेको छ । विश्व बैंकमा दुई दशकभन्दा लामो समय काम गर्दा उपाध्याले नेपालका राजनीतिज्ञ र कर्मचारीतन्त्रको नेतृत्वलाई गहिरोसँग अवलोकन गरेका थिए । फाइनप्रिन्टद्वारा प्रकाशन गरिएको अंग्रेजी भाषाको पुस्तक बिहीबारबाटै बजारमा उपलब्ध हुने कार्यक्रममा बताइएको थियो ।