किन कमजोर छ लगानीको वातावरण र व्यवसायीको मनोबल?: निरज गिरी

Headlines आर्थिक कर्पोरेट

निरज गिरीका ५ प्रमुख निष्कर्ष

१. बजारमा संस्थागत लगानीकर्ताहरुको न्युन उपस्थिति तथा भएका संस्थागत लगानीकर्ता जस्तै नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षाकोष जस्ता संस्थाहरुको लगानी निर्देशिकाहरुलाई असाध्यै संकूचित बनाइएको कारणले लगानी गर्न सहज नभएको ।

२.संस्थागत बाहेकका ठुला लगानीकर्ताहरु हाल बजारमा भएका छानबीन तथा अन्य प्रकारका काम कारवाहीका कारण सशंकीत अवस्थामा रहेकोले लगानी गर्न डराईरहेकोमा सरकारले नीतिगत छुट भन्दापनि त्यस्ता लगानीकर्ताहरुलाई आस्वस्त बनाउनुपर्ने ।

३. बजारको मुख्य तत्व सुचिकृत संगठीत संस्थाहरुको राम्रो प्रर्दशन तथा लाभाशंको सम्भावना रहेकोमा हाल नेप्सेमा सुचिकृत संगठित संस्थाहरुको वित्तिय अवस्था लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप नरहनु ।

४. पुरानो कानुनहरु जस्तै धितोपत्र ऐन २०६३ मा आएको तर त्यसमा हालसम्म कुनै संशोधन हुन नसक्नु तथा निर्णय असाध्यै ढिलो हुनु जस्तै NRN लाई बजारमा प्रवेश गराउने विषय उठेको बर्षौं भइसकेतापनि हालसम्म सो कार्यान्वयनमा आउन नसक्नु ।

५. नीतिगत अन्यौलताः नयाँ सरकार बनेपछी यसले के गर्छ भन्ने अन्यौलता देखिएकोले नीजि क्षेत्र अझै आस्वस्त हुन नसक्नु ।

निरज गिरी, पूर्वकार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्ड (सेबोन)

(इन्स्टाखबर सर्वे)