काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । यस बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावअनुसार बैंकले ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस शेयर वितरण गर्नेछ। त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत बराबरको ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।



