काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा तोकेको छ।
राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १६९ रुपैयाँ २१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा छ। पाउण्ड स्टर्लिङको खरिददर २०२ रुपैयाँ २४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४ पैसा तोकिएको छ।
त्यस्तै, स्विस फ्र्याङ्कको खरिददर १८३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७ पैसा छ। अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०७ रुपैयाँ १३ पैसा तोकिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्छ।




